बागलुङमा १० दिने लेदर लेडिज ह्याण्ड ब्याग बनाउने तालिम सम्पन्न

आदर्श अनलाइन, बागलुङ
बागलुङमा हस्तकला संघले संचालन गरेको १० दिने लेदर लेडिज ह्याण्ड ब्याग तालिम शनिबार सम्पन्न भएको छ । बागलुङ नगरपालिकाको आर्थिक सहयोगमा १० दिने तालिम शुरु गरिएको थियो ।

तालिम समापनका अवसरमा सहभागी २६ जनालाई प्रमाण पत्र वितरण गरिएको बागलुङ हस्तकला संघका अध्यक्ष पुष्प किरण श्रेष्ठले जानकारी दिनुभयो ।

तालिम समापनमा बोल्दै बागलुङ नगरपालिका वडा नम्वर ३ का अध्यक्ष लक्ष्मण केसी सनिले तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो उहाँले तालिमको माध्यमबाट जिवनस्तर उकास्ने खालको व्यवसाय संचालन गर्नुपर्नेमा जोड दिनुभयो ।

No description available.

कार्यक्रममा बागलुङ हस्तकला संघका संस्थापक संरक्षक प्रेम छोटा, संघका संस्थापक अध्यक्ष ईन्द्रकुमारी श्रेष्ठ, सल्लाहकार ईश्वर मलेपति, सदस्य बसन्त जंङ्ग राजभण्डारी, तालिमका प्रशिक्षक रुद्रकली छन्त्याल, सहभागि सोमिका राजभण्डारी र रिता श्रेष्ठ साक्य लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम बागलुङ हस्तकला संघका अध्यक्षता पुष्प किरण श्रेष्को अध्यक्षता, सदस्य शकुन्तला श्रेष्ठको स्वागत र महासचिव सम्झना श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *