आदर्श सञ्चार सहकारीद्वारा श्रद्धाञ्जली सभा

आदर्श अनलाइन, बागलुङ
आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले संस्थाका शेयर सदस्यको आफन्तको निधन प्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।

संस्थाका शेयर सदस्य तथा पुर्व सञ्चालक भक्त कुँवरको छोरा काठेखोला गाँउपालिका वडा नम्बर ७ रेश निवासी अनिश कुँवरको निधन प्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली सभा सम्पन्न गरेको हो ।

कुँवरको १३ औं दिनको पुण्यतिथी पारेर श्रद्धाञ्जली सभा सहित परिवारलाई आदर्श सञ्चार सहकारी संस्थाका संस्थापक उपाध्यक्ष ओम बहादुर थापा, काठेखोला गाँउपालिका वडा नम्बर ७ वडा अध्यक्ष प्रेम लामिछाने, शेयर सदस्य तथा वडा सदस्य प्रेम बहादुर कार्की, शेयर सदस्य हरि बहादुर कुँवर लगायतले घरमै पुगेर शेयर सदस्यका आफन्तको निधनमा प्रदान गरिने मृत्यु राहत स्वरुप नगद ५ हजार रुपैयाँ स्वर्गीय कुँवरको हजुरबुबा लाल बहादुर कुँवरलाई हस्तान्तरण गर्नुभएको थियो ।

आदर्श सञ्चार सहकारी संस्थाले सदस्य राहत कोषबाट शेयर सदस्यको निधनमा १५ हजार र शेयर सदस्यका परिवारका सदस्यको निधनमा ५ हजार रकम राहत स्वरुप प्रदान गर्दै आएको छ ।

धौलागिरी अञ्चलकै पहिलो सञ्चार सहकारीको रुपमा स्थापना भएको आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले स्थापनाकालदेखि नै धौलागिरी जागरण दैनिक पत्रिका प्रकाशनसंगै सहप्रकाशन अग्रसर साप्ताहिक, आदर्श सञ्चार अनलाइन, धौलागिरी टेलिभिजनमा सहकार्य गर्नुका साथै वित्तीय तथा सामाजिक क्षेत्रमा समेत काम गर्दै आइरहेको संस्थाका प्रवन्धक दिपकराज सापकोटाले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *