राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष मल्ललाई भारतीय सहकारी महासंघले सम्मान गर्दै

आदर्श अनलाइन, बागलुङ
राष्ट्रिय सहकारी महासंघ नेपालका वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ललाई भारतीय राष्ट्रिय सहकारी महासघले सम्मान गर्ने भएको छ ।

नेपालको सहकारी अभियानमा उत्कृष्ट योगदान गरेको भन्दै भारतीय राष्ट्रिय सहकारी महासंघले असार २० गते सम्मान गर्न लागेको हो ।

१०० औ अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा भारतीय सहकारी मन्त्रालय र भारतीय राष्ट्रिय सहकारी महासंघले संयुक्त रुपमा आयोजना गरेको विशेष समारोहमा नेपालको सहकारी अभियानको शिर्षस्थ निकाय राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ललाई सम्मान गर्न लागिएको भारतीय राष्ट्रिय सहकारी महासंघले जनाएको छ ।

नयाँ दिल्ली स्थित विज्ञान भवनमा आयोजित अन्तर्राष्ट्रिय सहकारी दिवस मुख्य समारोहमा भारतका गृह तथा सहकारी मन्त्री अमित शाहले मल्ललाई सम्मान गर्ने कार्यक्रम रहेको भारतीय राष्ट्रिय सहकारी महासंघका मुख्य कार्यकारी सुधिर महाजनले जानकारी दिनुभएको छ ।

भारतीय राष्ट्रिय सहकारी महासंघले प्रदान गर्ने सम्मान ग्रहणका लागि मल्ल आइतवार बिहान प्रस्थान गर्नु भएको छ ।

२ दशकदेखि राष्ट्रिय सहकारी महासंघको नेतृत्वमा रहेर सञ्चालक सदस्य, उपाध्यक्ष हुदै हाल वरिष्ठ उपाध्यक्ष रहनु भएकी मल्ल अन्तर्राष्ट्रिय सहकारी महासंघको निवर्तमान बोर्ड सदस्य समेत रहनु भएको छ ।

नेपालको तर्फबाट अन्तर्राष्ट्रिय सहकारी महासंघमा प्रतिनिधित्व गर्ने मल्ल पहिलो सहकारीकर्मी हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *