साल्ट टेड्रिङ कर्पोरेशन बागलुङले सोमबारदेखि रासायनिक मल वितरण गर्दै

आदर्श अनलाइन, बागलुङ
साल्ट टेड्रिङ कर्पोरेशन बागलुङले सोमबारदेखि रासायनिक मल वितरण गर्न शुरु गरेको छ । नेपाल सरकारले अनुदान स्वरुप उपलब्ध गराएको युरिया मल साल्ट टेड्रिङको गोदाममा आईसकेकोले तत्कालका लागि धान कोदो तथा मकै बालिको लागि आवश्यक पर्ने युरिया मल वितरण गर्न लागिएको कार्यालय प्रमुख मनोज कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

बिरगंज साल्ट्रटेनिङ बाट मल आउन शुरु गरेको र यहाँपनि करिब २ गाडी मल भित्रिएको उहाँको भनाई छ । रासायनिक मलको मुल्य सम्बन्धीत पालिकाले तोके बमोजिम बिक्रिवितरण गरिने कर्पोरेशनले जनाएको छ । मल आउने क्रम जारी रहेको छ ।

रासायनिक मल बागलुङ सहित पर्वत र म्याग्दीमा समेत वितरण गरिने साल्ट्रटेडिङ कपोरेशनको भनाई छ । तत्कालका लागि आवश्यक युरिया र डिएपी मल भित्रिएकोले लामो समय देखी मलको अभावमा निरास बनेका किसानको लागि अब केही राहत हुने कार्यालय प्रमुख श्रेष्ठले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *