सम्पत्तिमा महिलाको अधिकार नहुँदासम्म हिंसा न्यूनिकरण हुँदैन : थापा

आदर्श अनलाइन, बागलुङ
जिल्ला समन्वय समिति बागलुङका संयोजक अम्मरबहादुर थापाले महिलालाई सम्पत्तिको अधिकार नहुँदासम्म हिंसाका घटनामा कमी नआउने बताउनुभएको छ ।

बागलुङ नगरपालिकाद्वारा हिंसा पीडित महिलाहरुको लागि सञ्चालित अल्पकालिन महिला सेवा केन्द्रले सोमबार बागलुङ बजारमा आयोजना गरेको वर्षिक समिक्षा बैठकमा बोल्दै जिसस प्रमुख थापाले यस्तो बताउनुभएको हो ।

उहाँले महिलाहरु हिंसामा पर्नुका धेरै कारणमध्ये प्रमुख कारण आर्थिक रुपमा सवल र सक्षम नहुँनु भएको भन्दै हिंसा न्यूनिकरणको लागि महिलालाई आत्मनिर्भर बनाउँन तर्फ लाग्नुपर्ने बताउनुभयो ।

वैठकमा बागलुङ नगरपालिकाका नगर प्रमुख वसन्तकुमार श्रेष्ठ, बागलुङका प्रमुख जिल्ला अधिकारी रमेश ढकाल, जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्मा, ताराखोला गाउँपालिकाका उपाध्यक्ष भिमबहादुर रोका र बरेङ गाउँपालिकाका उपाध्यक्ष दिलिप कुमार पुनले जिल्लाका हिंसा पीडितलाई न्यायको पहुँचमा पु¥याउँनको लागि बागलुङ नगरपालिका सँग सहकार्य गरेर अगाडी जान तयार रहेको बताउनुभएको थियो ।

उहाँहरुले आफु मातहतका न्यायिक समितिमा बाटो, पानी, साँध लगाएतका मुद्दा मात्र आउने गरेको भन्दै पीडितलाई स्थानीय स्तरमै न्यायको प्रत्याभुती दिलाउनको लागि भूमिका खेल्ने बताउनुभएको थियो ।

वैठकमा सामाजिक विकास कार्यालय बागलुङका प्रमुख डम्बरबहादुर जिसी, जिल्ला कानुनी समन्वय समितिका कानुनी सहायता अधिवक्ता हरिनारायण रेग्मी, अधिवक्ता लक्ष्मी जिसी कार्की, पूर्व वडा अध्यक्ष लक्ष्मी बाँस्कोटा, इन्सेक जिल्ला प्रतिनिधी सिर्जना पन्त, अधिकारकर्मी कुशुम बुढा, मञ्जु क्षेत्री र लक्ष्मी बोहोराले बोल्नुभएको थियो ।

अल्पकालिन महिला सेवा केन्द्रले आर्थिक वर्ष ०७८÷०७९मा ५० जना महिलालाई सेवा प्रदान गरेको सेवा केन्द्रका सरस्वती रेग्मीले बताउनुभयो । उहाँका अनुसार २३ जना पीडितलाई निशुल्क कानुनी सहायता समितीमा सिफारिस, ११ जनालाई छलफलद्वारा मिलापत्र र ५० जानै पीडितलाई आश्रय सहितको सेवा प्रद्धान गरिएको छ ।

सेवा केन्दबाट सेवा लिएका २५ जना दलित, १० जना जनजाती र १५ जना अन्य जातजाती रहेको पाईएको छ । सबैभन्दा धेरै १५ जना बागलुङ नगरपालिका, जैमिनी नगरपालिका र ढोरपाटन नगरपालिकाका समान ५÷५ जना, गलकोट नगरपालिकाका ३ र काठेखोला गाउँपालिकाका २ जनाले सेवा लिएको रेग्मीले बताउनुभयो । बैठक बागलुङ नगरपालिकाका नगर उपप्रमुख राजु खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *