एमाले सल्लाहकार परिषद बागलुङमा शर्मा र विश्वकर्मा चयन

आदर्श अनलाइन, बागलुङ

नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद सदस्यमा बागलुङका दुईजना नेता मनोनयन भएका छन् । नेकपा एमालेका पुराना नेता मोहनलाल शर्मा र निवर्तमान केन्द्रीय सदस्य तिल बहादुर विश्वकर्मा केन्द्रीय सल्लाहकार परिषद सदस्यमा मनोनयन हुनु भएको हो ।

सल्लाहकार परिषदका सदस्य शर्मा यस भन्दा पहिला गण्डकी प्रदेश कमिटि सचिवालय सदस्य रहनु भएको थियो ।

एमाले केन्द्रीय सल्लाहकार परिषदमा पर्वतबाट गणेश पौडेल, तोयनाथ चालिसे, विष्णुप्रसाद भट्टराई र देवकला भण्डारी, मुस्ताङबाट चन्द्र बहादुर गुरुङ र आनन्द शेरचन चयन हुनु भएको छ ।

नेकपा एमाले केन्द्रीय सचिवालयको पछिल्लो बैठकले ३०६ सदस्यीय सल्लाहकार परिषद गठन गरेको हो । एमाले नेता अमृत कुमार बोहराको प्रमुख रहेको सल्लाहकार परिषदको सचिवालय गोमा देवकोटा, ज्ञान बहादुर भुजेल, डा.गोविन्द नेपाल, गोपाल शाक्य, टेकु नेपाली र गोविन्दप्रसाद कलौनी रहनु भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *