रोहन जि.सी, बागलुङ
कपडा तथा फेन्सी व्यव्सायी समितिको १५ औ स्थापना दिवस मंगलबार बागलुङ बजारमा बिभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ ।
समितिले आफ्नो स्थापना दिवसका अवसरमा मानवसेवा आश्रम लाई खाद्य सामग्री सहयोग तथा आश्रमका अभियान्ता बिपना तामाङ लाई सम्मान समेत गरेको छ ।
मानवसेवामा महत्वपुर्ण योगदान गर्ने मानवसेवा आश्रम बागलुङ्गकी संयोजक समेत रहेकी तामाङ्ग लाई प्रशंसा पत्र सहित दोशल्ला ओढाएर बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष नरेश कँडेल र फेन्सी व्यव्सायी समितिका अध्यक्ष रामचन्द्र शर्माले सम्मान गर्नुभएको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै बागलुङ उद्योग बाणिज्य सघँका अध्यक्ष नरेश कँडेलले फेन्सी व्याव्सायी समितिले आफ्नो पेसागत मर्यादा संगसंगै समाजसेवामा समेत महत्वपुर्ण योगदान गर्दै आएको बताउनुभयो । कँडेलले पेसागत हकहितका लागि उद्योग वाणिज्य संघको सदस्यता लिन आग्रह गर्दै व्यवसाय संचालनका क्रममा आएका समस्या समाधानका लागि आफु सदैब साथमा रहेको बताउनुभयो । उहाँले व्यवसाय संचालन लाई सुधार गर्दै सेवामुखी भावनाका साथ अगाडी बढ्न आग्रह समेत गर्नुभएको थियो ।
सो अवसरमा नेपाल पत्रकार महासंघ बागलुङ शाखाका पुर्व अध्यक्ष राजेशचन्द्र राजभण्डारी, मानवसेवा आश्रमका अभियान्ता तथा सम्मानित व्यक्तित्व बिपना तामाङ र कपडा तथा फेन्सी व्यव्सायी समितिका पुर्व अध्यक्ष तथा सल्लाहकार हरिलाल सुबेदी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा कपडा तथा फेन्सी व्यव्सायीसमितिले उद्योग बाणिज्य संघको नयाँ नेतृत्व लाई स्वागत तथा सम्मान समेत गरेको थियो ।
कार्यक्रम कपडा तथा फेन्सी व्यव्सायी समितिका अध्यक्ष रामचन्द्र शर्माको अध्यक्षता, उपाध्यक्ष दल बहादुर कार्की डिबिको स्वागत मन्तव्य र सचिव प्रेमलाल गौतमको संचालनमा सम्पन्न भएको थियो ।