आदर्श अनलाइन, दोहा कतार
दोस्रो युनाइटेड यूथ क्लब नकआउट नाइन–ए–साइड प्रतियोगिताको उपाधी आयोजकले उचालेको छ । बकर–इदको अवसरमा आयोजित प्रतियोगिताको सोमबार बिहान सम्पन्न फाइनलको सडनडेथमा नाईन-स्टार क्लबलाई ६-५ गोल अन्तरले पराजित गर्दै आयोजक युनाइटेड युथ एफसिले उपाधि जितेको हो ।
प्रतिस्पर्धात्मक बनेको फाइनलको निर्धारित समय सम्म दुबै टिम गोल बिहिन बराबरीमा रोकिएपछि खेल पेनाल्टी सुटमा गएको थियो । समापन कार्यक्रममा विजेता युनाइटेड युथ एफसिलाई नगद १ हजार ८ सय एक कतारी रियाल, ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेता बनेको नाईन(स्टार क्लबलाई नगद १ हजार २ सय एक रियाल नगद, ट्रफी, मेडल र प्रमाणपत्र आयोजक युनाइटेड यूथ क्लबका ब्यबस्थापक गौतम श्रेष्ठ र प्रवासी भुजेल समाज कतारका उपाध्यक्ष उमेश भुजेलले प्रदान गर्नुभएको थियो ।
प्रतियोगिताको सेमिफाईनल र फाइनाल खेलको उत्कृष्ट खेलाडि युएफसीका आसिस लिम्बु भएका छन । प्रतियोगितामा ब्यक्तिगत बिधा तर्फ नाईन-स्टार क्लबका प्रविन राई उत्कृष्ट खेलाडी घोषित बने भने उत्कृष्ट डिफेन्डरमा नाईन-स्टार क्लबकै बिसु तामाङ, सर्वाधिक गोलकर्तामा ५ गोल गरेका एनवाईसी कतारका पारस लिम्बु, उत्कृष्ट गोेल रक्षकमा युएफसिका आसिस लिम्बु र
उत्कृष्ट प्रशिक्षकमा युएफसिकै श्याम तामाङ भएका छन् ।
प्रतियोगिताको उदघाट्न बिहिवार बेलुका एनआरएनए एनसिसि कतारका सचीव एवं खेलकुद बिभाग प्रमुख रविन मगरको प्रमुख आतिथ्यतामा नेपालि भेट्रान टिम, कतार र युनाइटेड यूथ क्लबको भेट्रान टिम बिचको खेल खेलेर गरिएको थियो ।
जम्मा ३२ टिमको सहभागिता रहेको प्रतोयोगितामा सहभागी अधिकास टिमले खेलाडीहरु कार्यरत कम्पनीको नाम राखेर सहभागि बनेका थिए भने संस्थागत रुपमा मोना कतार मात्र सहाभागि बनेको क्लबका ब्यबस्थापक गौतम श्रेष्ठले बताउनुभयो ।
प्रतियोगिता सफल बनाउन मुख्य प्रायोजक नेपाली भेट्रान एफसी कतार, सह(प्रयोजकमा गोर्खा बाईक राईडर ट्रेडिङ डब्लु एल एल, न्यु सारा ब्युटी सलुन र सहयोगिहरुमा दि गोर्खा नेपाली रेस्टुरेन्ट, मण्डला रेस्टुरेन्ट, रोयल नेपाली रेस्टुरेन्ट, झापा एफसी, एच क्यु हाईक्वालिटी टेडिङ एण्ड कन्ट्रयाक्टिङ कम्पनी रहेका थिए ।
प्रतियोगिता अफिसियल मिडियाहरुमा गोल नेपाल डटकम, मध्यान्ह, मुग्लानी खबर, अखबर नेपाल, आदर्श सन्चार, जनचासो खबर, दिप सन्चार, एभरेस्ट दैनिक क्युएन खबरले साथ दिएका थिए ।
बिदाको समयमा कतारमा रहेका नेपालीहरू बिच खेलका माध्यम बाट भाईचारा बढाउने उद्देश्यले युनाइटेड यूथ एफसिले प्रतियोगिता आयोजना गरेकोमा अगिल्लो पटक भन्दा यसपटक बढी साथ सहयोग मिलेकोले आगामि दिनको लागि थप हौसला मिलेको संयोजक सुनिल लामा तामाङले बताउनु भयो।