रेशका मृगौला पीडितकाे अस्पतालको शैयाबाट सहयोगको याचना

आदर्श अनलाइन, बागलुङ

दुबै मृगौला फेल भएर काठमाण्डौमा उपचार गराराख्नुभएका काठेखोला गाउँपालिका–७ रेशका गम बहादुर किसानको उपचारमा आर्थिक संकट पैदा भएको छ । कमजोर आर्थिक अवस्थारहेको परिवारका किसानको उपचारका लागि आर्थिक अभाव भएको भन्दै सहयोगको याचना गरिएको छ ।

पाँच महिनादेखि दुबै मृगौला फेल भएर काठमाण्डौका शिक्षण अस्पतालमा उपचाररत गम बहादुर किसानको उपचारमा परिवारको सात लाख खर्च भइसकेको छ । घरको आर्थिक अवस्था कमजोर भएको र ज्याला मजदुरी गरेर जीवन चलाउदै आउनुभएका किसानको दुबै मृगौला फेल भएपछि अहिले शिक्षण अस्पतालको शैयाबाट सहयोगका लागि याचना गर्नुभएको छ ।

उहाँको दुबै मृगौलाले काम नगरेको र डाइलासिस गरिरहेपनि अहिले प्रत्यारोपण गर्न आवश्यक देखिएको परिवारका सदस्य गम बहादुरका दाई हेमराज किसानले बताउनुभयो ।

“घरको जायजेथा अनुसार उपचार गरिरहेका थियौ, मृगौला फेर्न आवश्यक देखियो, जस्का लागि आर्थिक संकट पैदा भयो, आफन्तहरुले समेत सहयोग गरिसके” किसानले भन्नुभयो “उपचारमा समस्या भएपछि सहयोगका लागि अपिल गरेका छौं, भाईको जीवन रक्षाका लागि सबैको सहयोगको आवश्यकता छ, परिवारका सदस्यहरुबाट समेत मृगौला प्रत्यारोपण गर्न नमिल्ने देखिएकाले झनै समस्या सृजना भएको छ ।”

बागलुङ बजारको एक ग्रिल उद्योगमा कार्यरत किसान कामगर्दा गर्दै विहोस भएर ढलेपछि मात्रै मृगौला फेल भएको पत्तो भएको थियो । उपचारका लागि पोखरा चार हप्ता राखेपछि थप उपचारका लागि काठमाण्डौ लगिएको हो । उहाँको अहिले नियमित डाइलासिस सेवा भइरहेपनि जतिसक्दो मृगौला प्रत्यारोपण गर्न आवश्यक देखिएको छ ।

उहाँको उपचारमा अझै सात÷आठ लाख खर्चलाग्ने देखिएपछि आर्थिक अवस्था कमजोर भएको गम बहादुर किसानको परिवारले सहयोगको याचना गरेको हो । मृगौला पीडित किसानलाई सहयोग गर्नका लागि किसानका दाई हेमराज किसानको मोवाइल नम्बर ९८६०६९७३३१मा सम्पर्क गर्न अनुरोध गरेको छ ।

आर्थिक रुपमा कमजोर परिवारमा दुबै मृगौला फेल भएपछि कही कतैबाट आर्थिक रकम जुटेमा गम बहादुर किसानले नयाँ जीवन पाउनेमा उहाँको परिवार आशावादी रहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *