गोधूली भानु शिखर अभिनन्दन साहित्यकार प्रेम छोटालाई

आदर्श अनलाइन, बागलुङ

गोधूली साहित्य प्रतिष्ठानले साहित्यकार प्रेम छोटालाई ‘गोधूलि–भानु शिखर अभिनन्दन–२०७९’ प्रदान गरेको छ ।

२ सय ९ औ भानु जयन्तीको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमका वरिष्ठ कवि तथा संस्कृतिविद् तुलसी दिवसले अभिनन्दन पत्र प्रदान गर्नुभएको हो । नेपाली भाषा र साहित्यको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउनु भएका साहित्यकार छोटालाई प्रतिष्ठानले अभिनन्दन गरेको हो ।

अभिनन्दन व्यक्तित्व छोटाको बारेमा बोल्दै प्रा.डा. षडानन्द पौड्यालले छोटा व्यक्ति नभएर सिंगो संस्था भएको उल्लेख गर्नु भयो । उहाँले बाग्लुङको माटोमा रहेर समग्र धौलागिरी र नेपाली भाषा, साहित्यको क्षेत्रमा अनवरत योगदान पु¥याएको भन्दै उहाँलाई जति नै सम्मान र अभिनन्दनका शब्दहरु खर्चिए पनि कमै हुने बताउनु भयो ।

त्यस्तै सोही अवसरमा संस्कार समाज नेपाल र अरनिको एसिया फाउन्डेसनले पनि छोटालाई अभिनन्दन पत्रद्धारा अभिनन्दन गरेको थियो । कार्यक्रममा प्रतिष्ठानले कवि राजन न्यौपाने र कवि राजेन्द्र तारकिणीलाई जनही दश हजार नगदसहित ‘भानु भाषा, साहित्य पुरस्कार’ प्रदान गरेको छ ।

यस वर्षको गोभूली भानु भाषा, साहित्य सम्मानबाट साहित्यकारहरु बमबहादुर जिताली, शीला पन्त, प्रभा भट्टराई र पशुपति दंगाल, कवि भावना खनाल र कवि एवं अभियन्ता ओमकृष्ण प्रसाईलाई प्रदान गरेको गोधुली साहित्य समाजका प्रकाश समीरले जानकारी दिनुभयो ।

कार्यक्रम संस्थाका अध्यक्ष गंगा लिगलको अध्यक्षता र प्रकाश समीरको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *