मानव सेवा आश्रमको भवन बनाउन ५ लाख सहयोग

आदर्श अनलाइन,बागलुङ

बागलुङ नगरपालिका – ४ निर्णयघाटमा निर्माण हुदै गरेको मानव सेवा आश्रमको भवन निर्माणका लागी बागलुङ बजारका एक श्रेष्ठ परिवारले रु ५ लाख आर्थिक सहयोग गरेका छन् ।

आफ्नो स्वर्गीय मातापिताको स्मृतिमा आश्रमको १ कोठा निर्माणको लागि बागलुङ नगरपालिका – ३ का समाजसेवी चयनीदेबी श्रेष्ठ, प्रकास श्रेष्ठ, चन्द्र बिन्दु श्रेष्ठ, इन्दु प्रकाश श्रेष्ठ, बिरेन्द्र प्रकास श्रेष्ठ, स्वयम प्रकास श्रेष्ठ,मधुकर प्रकाश श्रेष्ठ र हिमालय प्रकाश श्रेष्ठले आफ्नो स्वर्गीय मातापिता श्रीप्रसाद श्रेष्ठ र मानकुमारी श्रेष्ठको स्मृतिमा आश्रमको लागि एउटा कोठा निर्माण गर्न ५ लाख ११ हजार १ सय ११ रूपैयाँ सहयोग गर्नुभएको हो ।

कार्यक्रममा सहयोग दाता चइना देबी श्रेष्ठ ,समाजसेवी कृष्णबहादुर श्रेष्ठ ,एभिन्युज टेलिभिजनका सम्वाददाता राजेशचन्द्र राजभण्डारी लगायतले आश्रमको भवन बनाउने अभियान सकारात्मक अभियान भएकोले यसलाई सबैको सहयोग र समर्थन जरुरी रहेको बताउनुभएको थियो ।

कार्यक्रमको संचालन आश्रमका अभिभावक निर्मल कुमार श्रेष्ठले गर्नुभएको थियो । बिशुद्व रूपमा नेपालीहरूको मात्रै सहयोग संचालन भइरहेको बागलुङ सदरमुकाममा संचालित मानवसेवा आश्रममा अपांग ,जेष्ठ नागरिक ,महिला ,मानसिकता सन्तुलन ठिक नभएका बालबालिका गरि ५२ जनाले आश्रय लिइरहेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *