रोम विधानको अनुमोदनको माग गर्दै ज्ञापनपत्र


आदर्श अनलाइन, बागलुङ

बागलुङ जिल्लामा मानव अधिकारका क्षेत्रमा क्रियाशिल संघ संस्थाले बागलुङका प्रमुख जिल्ला अधिकारी रमेश ढकाल मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएका छन् । अन्तर्राष्ट्रिय फौजदारी अदालतको स्थापनाको लागि रोम विधान पारित भएको दिन १७ जुलाइको अवसर पारेर नेपाललाई पनि रोम विधानको पक्षराष्ट्र हुन माग गर्दै ज्ञापन पत्र बुझाएका हुन् ।

इन्सेक प्रतिनिधि सिर्जना पन्त, नेपाल पत्रकार महासंघ बागलुङका कार्यवहाक अध्यक्ष नविन शिशिर विक, संकल्पका अध्यक्ष सावित्री खड्का, द्वन्द्वपीडित राष्ट्रिय महिला सञ्जाल बागलुङका संयोजक पवित्रा खड्का केसीले हस्ताक्षर गरेको ज्ञापन पत्रमा रोम विधानमा अन्तर्राष्ट्रिय कानुनद्वारा परिभाषित युद्धअपराध, आमनरसंहार र मानवता विरूद्धको अपराध जस्ता गम्भीर अपराधमा संलग्न हुने व्यक्तिहरूलाई जवाफदेही बनाउनुका साथै पीडितको न्याय सुनिश्चित गर्नको लागि नेपाल रोम विधानको पक्षराष्ट्र हुनुपर्ने उल्लेख गरिएको थियो ।

इन्सेक जिल्ला प्रतिनिधी पन्तले ज्ञापन पत्र बुझाउँदैं दक्षिण एशियाका १९ राष्ट्र सहित संसारका १ सय २४ राष्ट्रहरु रोम विधानको पक्षराष्ट भइसकेको हुँदा अन्तराष्ट्रिय फौजदारी अदालतको स्थापनाले राष्ट्रिय अदालतको क्षेत्राधिकार कटौती नहुने भन्दैं नेपालले पनि रोम विधानको अनुमोदन गर्नुपर्ने बताउनु भएको थियो ।

ज्ञापन पत्र बुझदैं प्रमुख जिल्ला अधिकारी ढकालले मानव अधिकारको संरक्षण र प्रवद्र्धन हुने विधानहरुको अनुमोदा गर्दा राज्यलाई सकरात्म फाइदा पु¥याउने हुँदा रोम विधानको पनि अनुमोदन गर्नुपर्ने बताउनुभयोे । उहाँले ज्ञापन पत्र यथासिघ्र प्रधानमन्त्रीको कार्यालयमा पठाईदिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *