बागलुङ नगरको कामप्रति एमालेको ध्यानाकर्षण

आदर्श अनलाइन, बागलुङ
बागलुङ नगरपालिकाको काम प्रति असन्तुष्टी जनाउदै नेकपा एमाले बागलुङ नगर कमिटिले बागलुङ नगरपालिकालाई ध्यानाकर्षण गराएको छ ।

बागलुङ नगरपालिकाका जनप्रतिनिधि निर्वाचित भएर आएको दुई महिना नबित्दै नगरपालिका भित्र काम गर्दै आएका ज्यालादारी कर्मचारी हटाएको, पार्टी कार्यालय निर्माण गर्न बजेट विनियोजन गरेको र बागलुङ नगरपालिकाले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत प्राप्त रु.६ करोड बढी बजेट फ्रिज बनाएको भन्दै नेकपा एमाले नगर कमिटी बागलुङले बागलुङ नगरपालिकाकामा पुगेर ध्यानाकर्षण पत्र बुझाएको हो ।



बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठलाई मंगलबार बिहान ७ बजे नगरपालिकाको कार्यकक्षमा पुगेर एमाले नगर कमिटीका अध्यक्ष धनबहादुर परियारले राष्ट्रपति शैक्षिक सुधारको लागि आएको रु.६ करोड बजेट फ्रिज गरेको राजनैतिक प्रतिशोधका आधारमा कर्मचारी हटाउन थालेको र आफ्नो राजनैतिह दलको पार्टी कार्यालय बनाउन बजेट दिएको भन्दै ध्यानाकर्षण पत्र बुझाएको हो ।

सामुदायिक बिद्यालयको लागि आएको रु.६ करोड रकम सिधै बिद्यालयको खातामा हाल्नु भन्ने निर्देशन बिपरित रकम फ्रिज गरेको तथा नगरपालिकाको काम गर्ने संकेत गलत देखिएकाले ध्यानआर्कषण गरेको एमाले नगर कमिटीका अध्यक्ष धनबहादुर परियारले बताउनुभयो ।

ध्यानआर्कषणमा तयारी अबस्थामा रहेको बागलुङ बसपार्क र वलेवा एयरपोर्ट समेत अविलम्ब संचालन गरेर नागरिक लाई सहज बनाउन अनुरोध समेत गरिएको छ । ध्यानआर्कषण पत्र बुझ्दै बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले आफू नगरको विकासका लागि दृण संकल्पका साथ अगाडी बढेको बताउदै जनताको भावना अनुसार अगाडी बढेको बताउनुभयो ।

शैक्षिक सुधारकालागि आएको ६ करोड बजेट, त्यसमापनि माथिबाटै सम्बन्धीत विद्यालयको खातामा रोक्का गरी पठाइदिने परिपत्र भएपनि नगरपालिकाको अटेरीले गर्दा रकम फ्रिज भएको विद्यालयको गुनासो छ ।

बागलुङ नगरपालिकामा ध्यानाकर्षण पत्र बुझाउन एमालेका पोलिटब्युरो सदस्य तथा संघीय सांसद मनकुमारी केसी, एमाले केन्द्रीय सदस्य एंवम गण्डकी प्रदेश सांसद इन्द्रलाल सापकोटा, एमाले जिल्ला अध्यक्ष हिराबहादुर केसी लगायतका जिल्लाका नेता तथा एमाले बाट नगरपालिकाको वडा अध्यक्षमा निर्वाचित वडा अध्यक्षहरू नगरप्रमुखको कार्यकक्षमा पुगेका थिए । कार्यक्रम एमाले नगर कमिटीका रामकृष्ण शर्माले संचालन गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *