अनेमसंघ गण्डकी युवा कमिटिको संयोजकमा शर्मा

रोहन जि.सी, बागलुङ

अखिल नेपाल महिला संघ गण्डकी प्रदेश कमिटिले संघको युवा कमिटीको प्रदेश स्तरीय भेला मंगलबार सम्पन्न गरेको छ । भेलाले अञ्जली शर्माको अध्यक्षतामा ५५ सदस्यीय युवा कमिटि गठन गरेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै अखिल नेपाल महिला संघ केन्द्रिय सम्मेलन आयोजक समिति संयोजक थममाया थापाले युवाहरु देशको विकास र समृद्धि, न्याय र समानताको पक्षमा उर्जाशील भएर लाग्ने जनशक्ति भएकाले सबैलाई संगठित गर्दै अखिल नेपाल महिला संघ अगाडि बढ्न आव्हान गर्नुभयो ।



कार्यक्रममा नेकपा एमालेका सचिव तथा गण्डकी प्रदेश इन्चार्ज पद्मा अर्याल, नेकपा एमालेका केन्द्रिय पोलिटब्युरो सदस्य तथा गण्डकी प्रदेश सह–इन्चार्ज मनकुमारी के.सी जि.सी, नेकपा एमालेका केन्द्रिय सदस्य सीता सुन्दास, केन्द्रिय सदस्य तथा पोखरा महानगरपालिकाका उप–प्रमुख मञ्जु गुरुङ लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

भेलामा गण्डकी प्रदेशका ११ जिल्लाका १०० जना युवा महिलाहरुको सहभागिता रहेको थियो । कार्यक्रम अखिल नेपाल महिला संघ केन्द्रिय युवा कमिटि संयोजक दिपा शर्मा रुपाखेतीको अध्यक्षतामा, अञ्जली शर्माको सञ्चालनमा तथा विन्दु शर्माको स्वागतमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *