सुनका गहना चोर्ने र खरिद गर्ने पक्राउ


आदर्श अनलाइन, बागलुङ
बागलुङ जिल्लामा प्रहरीले दुई जनालाई सुन चोरीको अभियोगमा पक्राउ गरेको छ ।

असार २७ गते बिहान करीव ११ बजे ढोरपाटन नगरपालिका–५ मस्तीबाट सुन चोरी गरी फरार रहेका बोम बहादुर घर्तीलाई र सुन खरिद गरेर पगाल्ने व्यवसायी टेकबहादुर बिकलाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख (एसपी) दयानिधि ज्ञवालीले जानकारी दिनुभयो ।

घर्ती निसिखोला गाउँपालिका–७ राजकुत निवासी हुन् । घर्तीसँग प्रहरीले १ तोलाको सुनको सिक्री थान १, ३.८८२ तोलाको चाँदीको लकेट थान १, ०.४०१ तोलाको चाँदीको औंठी थान १ र साठी हजार नगद बरामद गरेको छ ।

चोरीका सुनका गरगहना खरिद गरेर पगालने न्यू बलेवा एञ्जल सुन चाँदी पसलका सञ्चालक बागलुङ नगरपालिका–१२ का बिक सहित सुनलाई गालेर नयाँ बनाई बिक्रीमा राखिएको १.०४ तोलाको सुनको सिक्रीसहित पक्राउ गरिएको एसपी ज्ञवालीले बताउनुभयो ।

६८ वर्षीया हीराकुमारी कुँवरको घरबाट २ तोला ५० लालको सुनको सिक्री थान १, ३० लालको सुनको लकेट थान १ र नगद पन्ध्र हजार चोरी गरी फरार रहेकोमा अनुसन्धानको क्रममा चोरी कसूरमा संलग्न घर्ती र बिकलाई पक्राउ गरिएको भन्दै प्रहरीले विज्ञप्ती जारी गरेको छ ।

घर्ती र बिकलाई नियन्त्रणमा लिई जिल्ला अदालत बागलुङबाट ५ दिनको म्याद थप अनुमति लिई अनुसन्धान कार्य भइरहेको छ ।

बागलुङ प्रहरीले आफ्नो कार्यलाई तीब्रता दिइरहेका बेला चोरीको सुनसहित दुई जनालाई पक्राउ गरेको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *