एमालेको गण्डकी प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन अध्यक्ष ओलीले गर्ने

आदर्श अनलाइन, पोखरा
नेकपा एमाले गण्डकी प्रदेश कमिटिले साउन ८ गते आयोजना गरेको प्रदेश स्तरीय प्रशिक्षण भेलालाई सम्बोधन गर्न एमाले अध्यक्ष केपी शर्मा ओली आइतवार पोखरा आउनु हुने भएको छ ।

गण्डकी प्रदेशका १ हजार ५ सय जना नेता कार्यकर्तालाई समसायिक राजनीतिक अवस्था, स्थानीय निर्वाचनको सन्देश र आगामी निर्वाचनको तयारी लगायतका विषयमा प्रशिक्षित गर्नका लागि कार्यक्रम आयोजना गरिएको एमाले गण्डकीले जनाएको छ ।

गण्डकी प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन पार्टीका अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम तय भएको एमाले गण्डकी प्रदेशका कार्यालय सचिव युवा नेता माधव बास्तोलाले जानकारी दिनुभयो ।

अध्यक्ष ओलीले समसामयिक राजनीतिक लगायतको विषयमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
एमालेले स्थानीय निर्वाचनको सन्देश, शिक्षा र आगामी निर्वाचनको तयारी, देशभित्रको राजनीतिक सन्तुलन, पार्टीको सामथ्र्य विस्तार र राष्ट्रको मुख्य शक्तिका रुपमा एमालेको भूमिका अभिवृद्धि,, पार्टी र जनप्रतिनिधिहरुबीचको अन्तरसम्बन्ध, समन्वय र स्थानीय तहबाट पार्टीले खेल्नु पर्ने भूमिका, पार्टी पक्तिलाई अनुशासित, जनशैलीयुक्त र आर्थिक रुपमा स्वस्थ एवं व्यवस्थित, संगठनमा देखा परेका समस्या र समाधान लगायतका विषयमा प्रशिक्षण दिइने भएको छ । यस्तै महंगीको विषयमा आन्दोलन, प्राकृतिक विपतमा स्वयंसेव परिचालन र प्रचार कार्यलाई सशक्त बनाउने तथा पार्टी काममा सूचना प्रविधिको प्रभावकारी प्रयोगका विषयमा प्रशिक्षण दिएर कार्यकर्तालाई जनताका बीचमा जानका लागि उत्साहित बनाउने एमालेको योजना रहेको छ ।

पार्टीका उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङ, पार्टी सचिव तथा गण्डकी प्रदेशका इन्चार्ज पद्मा अर्याल, पार्टी स्थायी कमिटि सदस्य तथा संगठन विभाग प्रमुख खगराज अधिकारी लगायतले प्रशिक्षण दिने कार्यालय सचिव माधव बाँस्तोलाले जानकारी दिनुभयो ।

प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा गण्डकी प्रदेश कमिटि र प्रदेश विभागका सदस्यहरु, गण्डकी प्रदेश स्तरीय जनसंगठनका सदस्यहरु, गण्डकी प्रदेशका सबै जिल्लाका जिल्ला कमिटि सदस्यहरु, गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने जनसंगठनका केन्द्रीय सदस्यहरु, स्थानीय पालिका र जिल्ला समन्वय समितिका जनप्रतिनिधिहरु सहित १ हजार ५ सय जना सहभागी हुनेछन् ।

एमाले केन्द्रीय सचिवालयले सात वटै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नका लागि पार्टीका उपाध्यक्षहरुलाई संयोजनको जिम्मेवारी तोेकेको छ ।

गण्डकी प्रदेशमा पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई पार्टीले खटाएको छ । एमालेले स्थानीय निर्वाचनको परिणामपछि प्रतिरक्षात्मक मनोविज्ञानमा रहेका कार्यकर्तालाई त्यसबाट बाहिर ल्याउन देशव्यापी प्रशिक्षण सञ्चालन गर्ने निर्णय सचिवालयले गरेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *