नेपाल भौतिक विज्ञान समाज गण्डकी प्रदेशको अध्यक्षमा अधिकारी


आदर्श अनलाइन, बागलुङ

नेपाल भौतिक विज्ञान समाज गण्डकी प्रदेश अध्यक्षमा डा.कृष्ण अधिकारी चयन हुनुभएको छ ।शनिबार देखि बागलुङमा शुरुभएको छैठौँ अधिवेशन तथा साधारण सभाबाट अधिकारीको नेतृत्वमा ११ सदस्यीय नेपाल भौतिक विज्ञान समाज गण्डकी प्रदेश समिति सर्वसम्मत रुपमा गठन भएको हो ।
समितिको उपाध्यक्षमा डा.कपिल अधिकारी, सचिवमा रवि कार्की, कोषाध्यक्ष दिपक अधिकारी, सह–सचिव अमृत ढकाल, सदस्यहरुमा अविश्कार भुषाल, सृष्टी गुरुङ, सविन गौतम, भुवन सुवेदी, सूरेश पौडेल र मन बहादुर रोका रहेका छन् ।

छैठौँ अधिवेशन तथा साधारण सभामा बोल्दै पृथ्वी नारायाण क्याम्पस पोखराका प्रमुख डा.सरोज कोईरालाले समान विकासको लागि विज्ञान र प्रबिधिको महत्वपूर्ण भूमिका हुने बताउनु भएकोथियो ।

कार्यक्रममा डा. नविन मालाकारद्वारा भौतिक शास्त्रको महत्वको बारेमा प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा नेपाल भौतिक विज्ञान समाज गण्डकी प्रदेशद्वारा स्थापित पवित्रमणि विज्ञान प्रतिभा सम्मानबाट गण्डकी विश्वविद्यालय, पोखराका डीन तथा भौतिक शास्त्र विभाग, पृथ्वीनारायण क्याम्पसका सदस्य डा.कपिल अधिकारीलाई सम्मान गरिएको थियो ।

डा. देवप्रसाद पाण्डे, भक्तिराम न्यौपाने, राजकुमार ढकाल, कुल प्रसाद दाहाल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

वक्ताहरुद्वारा भौतिक विज्ञानलाई कम प्रथामिकतामा राखेको, भौतिक विज्ञानलाई अनावश्यक रुपमा जटिल बनाईएको, पछिल्लो समय भौतिक विज्ञान पढ्ने विद्यार्थीहरुको संख्या कम हुँदै गएकोमा चिन्ता व्यक्त गरिएको थियो ।

आफ्नो पेशा प्रति कर्तव्यनिष्ठ रहि उच्च व्यवसायीकता प्रदर्शन गर्दै प्राध्यापन र अनुसन्धान क्षेत्रमा विशिष्ट योगदान पु¥याएको भन्दै अधिकारीलाई सम्मान गरिएको हो ।

त्यस्तै नेपाल भौतिक विज्ञान समाज गण्डकी प्रदेशद्वारा स्थापित पवित्रामणि प्रोत्साहन प्रतिभा पुरस्कारबाट एक जना छात्र र एक जना छात्रालाई पुरस्कृत गरिएको छ ।

२०७३ सालको परीक्षमा छात्र तर्फ उत्कृष्ट अंक प्राप्त गर्ने विष्णु पोख्रेल र छात्रा तर्फ उत्कृष्ट अङ्क प्राप्त गर्ने शिला आचार्यलाई पुरस्कृत गरिएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *