अबरुद्ध कालीगण्डकी करिडोर सुचारु


आदर्श अनलाइन, बागलुङ

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कालिगण्डकी करिडोरको अबरुद्ध बागलुङ खण्ड सुचारु भएको छ ।

सोमबार राती परेको अबिरल वर्षाका कारण आज बिहानै देखि उक्त खण्ड अबरुद्ध भएपछि सवारी चल्न सकेका थिएनन् ।

कालीगण्डकी करिडोरको मालढुङ्गा देखि बलेवा खण्ड अन्र्तगत बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो खस्दा अबरुद्ध भएको सडक बागलुङ नगरपालिकाको पहलमा आज बिहान १० बजे पछि सञ्चालनमा ल्याइएको हो । बागलुङ नगरपालिका उपप्रमुख राजु खड्का तथा नगरपालिकाका इन्जिनियर गौरव शर्मा सहितको समूहले बिहानैदेखि सडक खुलाउनका लागि उपकरण सहित स्थलगत रुपमानै खटिनुभएको थियो ।

बागलुङ नगरपालिकाको जेसिविले करिडोर सडक खुलाइएको र बागलुङ कुस्मिशेरा सडक खुलाउने कार्य भइरहेको नगरपालिकाका इन्जिनियर गौरव शर्माले जानकारी दिनुभयो । “एउटै पहिरोले करिडोर र बलेवा हुँदै कुस्मिशेरा जाने सडक अबरुद्ध गरेको थियो, नगरपालिकाको डोजरले करिडोर सञ्चालनमा ल्याइएको छ भने बलेवा हुँदै कुस्मिशेरा जाने सडक खुलाउनका लागि पहिरो पन्छाउने कार्य भइरहेको छ, दिउँसो सम्म उक्त सडक सञ्चालनमा ल्याइनेछ” शर्माले भन्नुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *