अरिङ्गालले टोकेर मृत्यु


आदर्श अनलाइन, बागलुङ
अरिङ्गालको टोकाईबाट एक युवाको ज्यान गएको छ ।

पर्वत जिल्लाको कुश्मा नगरपालिका–१ बस्ने ३४ वर्षीय श्रीराम परियारले अरिङ्गाले निकाल्ने क्रममा अरिङ्गालले टोकेर गम्भिर घाइते हुनुभएकोमा उपचारका लागि धौलागिरी अस्पताल बागलुङमा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक इन्द्र बहादुर रानाले जानकारी दिनुभयो ।

परियारले गए राती घर नजिककैको जंगलमा अरिङ्गाल पोल्न जानुभएको र अरिङ्गाल पोल्ने क्रममा अरिङ्गालले टोकेपछि गम्भिर घाइते हुनुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *