बागलुङमा त्रिविबाट विद्मावारिधी प्राप्त सापकोटालाई सम्मान

रोहन जि.सी बागलुङ

त्रिभुवन विश्वविद्मालयको मानविकी तथा सामाजिक शास्त्र संकाय अन्तरगत मानवशास्त्र विषयमा विद्मावारिधीको उपाधि हासिल गर्नुभएका बागलुङका प्रकाश प्रसाद सापकोटालाई शुक्रबार एक समारोहका बिच सम्मान गरिएको छ ।

धवलागिरी बहुमुखी क्याम्पस समाजशास्त्र÷मानवशास्त्र विभाग बागलुङले विभागका सदस्य सापकोटालाई सम्मान तथा बधाई ज्ञापन कार्यक्रम सम्पन्न गरेको छ ।

सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथि धवलागिरी बहुमुखी क्याम्पसका क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष तथा त्रिवि सभाषद् प्रा.डा दिन बहादुर थापाले विद्मावारिधी प्राप्त गरी क्याम्पसलाई थप उच्च स्थानमा पु¥याउन डा.सापकोटाको ठुलो योगदान रहेको बताउनुभयो । प्रा.डा थापाले सापकोटालाई थप उच्च सफलताको तथा प्राज्ञिक उन्नयनको शुभकामना सहित बधाई व्यक्त गर्नुभयो ।

कार्यक्रममा धवलागिरी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्रा.डा राम प्रसाद उपाध्याय, सम्मानित व्यक्तित्व तथा विभागका सदस्य डा.प्रकाश प्रसाद सापकोटा, त्रिवि प्राध्यापक संघ एकाइ समितिका अध्यक्ष भक्तिलाल न्यौपाने लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम धवलागिरी बहुमुखी क्याम्पस समाजशास्त्र÷मानवशास्त्र विभागका प्रमुखको अध्यक्षता, विभागका सदस्य सरोजराज पन्तको सञ्चालनमा समापन भएको थियो ।

डा.सापकोटाले २०७९ जेठ २० गते त्रिभुवन विश्वविद्मालयबाट मानविकी तथा सामाजिक शास्त्र संकाय अन्तरगत मानवशास्त्र विषयमा विद्मावारिधीको उपाधि हासिल गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्