बैंकर्सबीच मैत्रीपूर्ण फुटसल

आदर्श अनलाइन, बागलुङ

अन्तर्राष्ट्रिय मित्रता दिवसको अवसरमा बैंकर्स बागलुङले शनिबार बैंकर्सहरु बीच मैत्रीपूर्ण फुटसल प्रतीयोगीता आयोजना गरेकोे छ । उक्त प्रतियोगिताको उद्घाटन जिल्ला फुटबल संघ बाग्लुङका अध्यक्ष जय राजभण्डारीले गर्नुभयो । कार्यक्रममा बोल्दै फूटबल संघ वाग्लुङका अध्यक्ष राजभण्डारीले अहिलेको बैंकर्सहरु जुझारु युवा शक्ति भएकोले सबै क्षेत्रमा अब्बल सावित हुँदै खेल क्षेत्रमा पनि उत्तिकै सक्रिय रहेको बताउनुभयो ।

कार्यक्रममा वोल्दै बैंकर्स बागलुङका अध्यक्ष हेमराज शर्माले बैंक कर्मचारीको दैनिकी केवल बैंक भित्रको काममा मात्रै सिमित नभई अन्य क्षेत्रमा पनि सक्रिय रहँदै आफनो स्वास्थ्य को लागि पनि यस्तो कार्यक्रमको आयोजना गरीएको वताउनुभयो ।

कार्यक्रमको लक्ष्य एबम उद्येश्य को बारेमा कार्यक्रमको संयोजक सुजित ज्ञवालीले प्रकाश पार्नु भएको थियो । प्रतियोगितामा बिभिन्न चार समुहका ४४ जना बैंकर्स खेलाडी हरूले मैत्रीपुर्ण प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिता मा समूह बैंकर्स हेमन्त बाबु आचार्यले नेतृत्व गरेकोे समुह (बि) ले प्रथम स्थान हासिल गरेको थियो । प्रतियोगिताको उत्कृष्ट खेलाडीको उपाधी समुह (बि) का सतिश के. सी. र उत्कृष्ट गोल कीपर को उपाधि पनि समुह (बि) का टंक प्रसाद शर्माले हात पार्न सफल भएको प्रतियोगिता को कार्यक्रम संयोजक सुजित ज्ञवाली ले जानकारी दिनुभयो ।

प्रतियोगितामा बागलुङका करिब १०० भन्दा बढि बैंकर्स कर्मचारीको उपस्थिति रहेको थियो । प्रतियोगितात्मक उक्त कार्यक्रमको अध्यक्षता बैंकर्स बागलुङका अध्यक्ष हेमराज शर्मा र सञ्चालन सचिव प्रतिमा श्रेष्ठले गर्नुभएको थियो । बैंकर्स बागलुङले समय समयमा जिल्लामा बिभिन्न कार्यक्रम गर्दै आएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *