नेपाल निजामती कर्मचारी संगठन बागलुङद्वारा रक्तदान

रोहन जि.सी, बागलुङ

नेपाल निजामती कर्मचारी संगठन बागलुङले आइतबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
शहिद मनोज–झपेन्द्र–सुरेन्द्र स्मृति दिवसका अवसरमा आज बागलुङमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाल निजामती कर्मचारी संगठन बागलुङले आयोजना गरेको रक्तदान कार्यक्रममा १० जना निजामती कर्मचारीहरुले रक्तदान गरेका छन् । रक्तदान संगै शहिदहरुको प्रति श्रद्धा सुमन अर्पण गर्दै माल्यार्पण समेत गरिएको थियो ।

कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय सदस्य तेज प्रसाद निउरेले शहिदहरुको जीवनमाथी प्रकाश पार्नुभएको थियो । नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति बागलुङका अध्यक्ष श्याम कुमार थापा मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव मनोज कार्कीले गर्नुभएको थियो ।

नेपाल निजामती कर्मचारी संगठन बागलुङले पेशागत हकहित, सार्वजनिक सेवा प्रवाहसँगै विभिन्न अवसरहरुमा मानवीय सेवा र रचनात्मक क्रियाकलापहरु समेत संचालन गर्दै आएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *