नारायणगढ–मुग्लिन सडक अवरुद्ध

आदर्श अनलाइन, चितवन
नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध भएको छ। भरतपुर महानगरपालिका–२९ मौरीखोला पुलमा मंगलबार राति साढे २ बजेतिर पहिरो खसेपछि सडक अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

यसअघि उक्त सडकखण्ड अन्तर्गत भरतपुर २९ मा पर्ने केराबारीमा पहिरो गएपछि सोमबार राति ११ बजेदेखि बन्द भएको सडक २३ घण्टा पछि खुलेको थियो।

पहिरो हटाएर गएराति साढे १० बजेतिर सडक खुलाए पनि फेरि २ बजेपछि पहाडको ढिस्कोसहित पहिरो झरेको प्रहरीले जनाएको छ। सडक अवरुद्ध हुँदा यात्रु मारमा परेका छन्।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *