राष्ट्रिय सहकारी बैंकले बनायो ३ अर्बको तरलता व्यवस्थापन कोष


आदर्श अनलाइन, ललितपुर

सहकारी क्षेत्रमा देखिएको तरलता व्यवस्थापनमा सहयोग गर्ने उद्देश्यका साथ राष्ट्रिय सहकारी बैंक लिमिटेडले ३ अर्बको तरलता व्यवस्थापन कोष स्थापना गरेको छ ।

बैंकको सञ्चालक समितिको साउन १९ गते बिहान सम्पन्न सञ्चालक समितिको वैठकले सहकारी क्षेत्रमा देखिएको तरलता व्यवस्थापनमा बैंकका तर्फबाट सहयोग तथा समन्वय गर्नका लागि कोष स्थापना गर्ने निर्णय गरेको बैंकका अध्यक्ष के.बी.उप्रेतीले जानकारी दिनुभयो ।

बैंकमा आवद्ध भएर कारोबार गरिरहेका र तरलता व्यवस्थापनका कारण समस्यामा परेका सहकारीहरुलाई तत्काल समन्वय गरी संकटबाट जोगाउनका लागि बैंकका सञ्चालक रामहरि बजगाईको संयोजकत्वमा बैकका ७ वटै प्रदेशका संयोजकहरु र बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाइ सदस्य रहेको समस्याग्रस्त सहकारी व्यवस्थापन कार्यदल समेत गठन गरेको छ ।

सहकारीमा देखिएका समस्याहरु समाधानका लागि जुन प्रदेशमा समस्या आउछ, त्यो प्रदेशको संयोजक सदस्य रहने गरी गठित कार्यदलले सहकारीमा देखिने समस्याको समाधानका लागि तत्काल समन्वय गरिने अध्यक्ष उप्रेतीले जानकारी दिनुभयो ।

सहकारी क्षेत्रमा देखिएका समस्याको पहिचान गरी सहकारी संघ संस्थाहरुले काम गर्दै गर्दा आइपर्ने समस्या समाधानका लागि बैंकका तर्फबाट समन्वय गर्ने र आवश्यकताका आधारमा तत्काल सहयोग समेत गर्ने गरी कोष स्थापना गरिएको बैंकका प्रमुख कार्यकारी अधिृकत बद्रीकुमार गरागाईले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *