सहकारी निवन्ध प्रतियोगितामा मेचीनगरकी उषा निरौला प्रथम


आदर्श अनलाइन, ललितपुर

राष्ट्रिय सहकारी बैंक लिमिटेडले सञ्चालन गरेको वित्तीय साक्षरतामा सहकारीको भुमिका विषयक निवन्ध लेखन प्रतियोगितामा झापाको मेची नगर स्थित कवि शिरोमणी मा.वि.का विद्यार्थी उषा निरौला प्रथम हुनु भएको छ ।

प्रतियोगितामा कास्की जिल्ला स्थित बैंकको तालचोक शाखा अन्तरगतको विद्यालय लक्ष्मी आदर्श मा.वि.का विद्यार्थी सदिक्षा सुवेदी द्वितिय, काठमाडौंको थानकोटस्थित बलम्बु शाखा अन्तरगतको मंगलोदयमा.वि.इमाखेलका विद्यार्थी आनन्द महतो तृतिय हुनु भएको छ ।

यस्तै बलम्बु शाखा अन्तरगतको मंगलो मा.वि कै जेशिका श्रेष्ठ र कञ्चनपुर जिल्ला स्थित महेन्द्रनगर शाखा अन्तरगतको विद्यालय निङ्गला शैनीमा.वि.का विद्यार्थी रोशनी चन्दले सान्त्वना पुरस्कार प्राप्त गरेको बैंकका शिक्षा, तालिमतथा सम्मान उपसमितिका संयोजक रामबहादुर जिसीले जानकारी दिनुभयो ।

बैंकको १८ औं स्थापना दिवस तथा कारोबार शुभारम्भ दिवसका अवसरमा ६८ वटै शाखा मार्फत एक एक वटा विद्यालयमा सहकारी बालक्लव गठन गरिएको छ । क्लवमा आवद्ध विद्यार्थीहरुलाई सहकारी सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ गत असारमा वित्तीय साक्षरतामा सहकारीको भूमिका विषयक निवन्ध लेखन प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितामा देशभरका विभिन्न विद्यालयका ३२ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

बैंकको २० औं स्थापना दिवस तथा कारोबार शुभारम्भ दिवुस कार्यक्रममा निवन्ध प्रतियोगितामा पुरस्कृतहरुको नामावली घोषणा गरिएको थियो ।

पुरस्कृत विद्यार्थीहरुमध्ये प्रथम हुनेलाई १५ हजार, द्वितियहुनेलाई १० हजार, तृतिय हुनेलाई ५ हजार तथा सान्त्वनाहुनेलाई ३÷३ हजार नगद सहित सम्बन्धित शाखा मार्फत पुरस्कार वितरण गरिने प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *