तरलता अभावमा पनि सहकारी बैंकको नाफामा वृद्धि, व्यवसाय बिस्तार र सदस्य सेवामा अब्बल


आदर्श अनलाइन, ललितपुर
राष्ट्रिय सहकारी बैंक लिमिटेडले आर्थिक वर्ष २०७८/०७९ को लेखापरिक्षण नभएको वित्तीय विवरण (अपरिष्कृत) सार्वजनिक गरेको छ । बैकद्वारा सनिबार सार्वजनिक भएको चौथो त्रैमास अन्तर्गत गत आर्थिक वर्षको अन्तिम वित्तीय विवरणमा ५७ अर्ब ९८ करोड भन्दा बढि वासलात रहेको उल्लेख छ ।
गत असार मसान्तसम्म बैंकको शेयर पूँजी २ अर्ब ९१ करोड ७० लाख ५३ हजार रहेको छ, यो आ.व २०७७÷०७८ को भन्दा ४ करोडले बढि हो । जगेडा तथा कोषहरुमा गत आ.व को भन्दा ५९ करोडकोे वृद्धिदर सहित २ अर्ब ६ करोड करोड सञ्चित रहेको छ । कोभिड १९ को असहज परिस्थिति र वित्तीय क्षेत्रमा देखा परेको तरलता अभावमा समेत सदस्य सेवामा अब्बल रहेको बैंकको निक्षेपमा ५० अर्ब ६८ करोड ६० लाख ५९ हजार, कर्जा ३६ अर्ब ३० करोड रहेको छ ।
बैंकले कर पश्चातको खुद नाफामा उल्लेख्य मात्रमा वृद्धिदर हासील गर्दै १ अर्ब ११ करोड कमाएको छ । यस संगै बैंक एक अर्ब भन्दा माथी नाफा आर्जन गर्ने वित्तिय संस्थाहरुको क्लबमा गत आ.वमा समावेश भएको थियो भने यो वर्ष पनि निरन्तरता पाएको छ । बैंकले आर्थिक वर्ष २०७८/०७९ मा मात्र १ अर्ब ९० करोड रुपैया खुद ब्याज आम्दानी गरेको छ । यो गत आर्थिक वर्षको भन्दा १६ करोडले भन्दा बढी रहेको छ ।

पछिल्ला वर्षहरुमा बैंकले व्यवसाय तथा वित्तीय आकारमा उल्लेख्य वृद्धि देखीएको छ । सहकारी क्षेत्रमा सबैभन्दा ठुलो वित्तीय परिचालन गर्ने बैंकको वित्तिय अवस्था क वर्गका केहि वाणिज्य बैंकहरु भन्दा समेत ठुलो र सुदृढ देखीएको छ ।

बैंकमा हाल देशका ७७ जिल्लाका सबै प्रकृतिका सहकारी संघ/संस्थाहरु गरी करिब १६ हजार सदस्यहरु रहेका छन । बैंकले ७ वटै प्रदेशमा ६८ वटा शाखा कार्यालय मार्फत आफ्ना सदस्यहरुलाई सेवा दिई रहेको छ । सहकारी संघ÷संस्थाहरुको प्रवद्र्धन, विकास एवम् बैंकिंग कारोवारको लागि सहकारी क्षेत्रको एक मात्र बैंक भएकाले पनि आफ्ना सदस्य सहकारी संघ÷संस्थाहरुलाई दिने सेवामा सधै अब्बल रहने भन्दै सदस्यलाई दिने सेवामा कुनै कमी हुन नदिएकोले सोको सकारात्मक प्रभाव बैंकको व्यवसायमा परेको अध्यक्ष के.बी उप्रेतीले बताउनु भएको छ ।

“उत्कृष्ट वित्तीय सेवा सहितको सहकारी बैंक” भन्ने परिकल्पनाका साथ अघि बढेको बैंकले सहकरी क्षेत्रमा प्रविधिमैत्री सेवालाई जोड दिएको उप्रेतीले जानकारी दिनुभयो ।
बैंकले पछिल्लो चार वर्षदेखि लगातार १५ प्रतिशतले लाभाशं वितरण गर्दै शेयर सदस्यहरुको लगानीमा आकर्षक प्रतिफल प्रदान गरेको छ । बैंकमा कारोबार गर्ने सदस्य सहकारँी संघ÷संस्थाहरुलाई सहकारी ऐनको व्यवस्था अनुसार बचत र कर्जा कारोबार गर्ने १३ हजार ७ सय १२ सदस्य सहकारी संघ÷संस्थाहरुलाई संरक्षित पूँजी फिर्ता कोषबाट रकम समेत वितरण गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री कुमार गुरागाईले जानकारी दिनु भयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *