प्रथम चिल्ड्रेन लाईफ खुल्ला फुटसलको उपाधि गुठी युनाईटेडलाई

रोहन जि.सी बागलुङ

चिल्ड्रेन लाईफ खुल्ला फुटसल प्रतियोगिताको उपाधि गुठी युनाईटेडले हात पारेको छ ।

चिल्ड्रेन लाईफ स्पोर्टस क्लब जुनियर बागलुङको आयोजना तथा चिल्ड्रेन लाईफ बोर्डिङ स्कुलको सहआयोजनामा भएको खुल्ला फुटसल प्रतियोगिताको फाइनल खेलमा थापाठाना एफसिलाई पेनाल्टि सुटआउटमा पराजित गर्दै गुठीले उपाधि चुमेको हो । निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा पुगेको थियो ।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफको अन्तिम समयमा गुठीले गोल गर्दै अग्रता बनाएको थियो । दोस्रो हाफमा थापाठानाका खेलाडीले सुन्दर गोल गर्दै खेललाई बराबरीमा पु¥याएका थिए ।

प्रतियोगिताको उपाधि जितेको गुठीले ४१ हजार १ सय ११ रुपैयाँ प्राप्त गरेको छभने उपविजेता थापाठानाले २१ हजार १ सय ११ रुपैयाँ प्राप्त गरेको चिल्ड्रेन लाईफ स्पोर्टस क्लब जुनियरका अफिसियल दिपेश मल्ल ठकुरीले जानकारी दिनुभयो ।

चिल्ड्रेन लाईफ स्पोर्टस क्लबको आयोजनामा शुक्रबारदेखि शुरु भएको उक्त प्रतियोगितामा १८ टिमको सहभागिता रहेको चिल्ड्रेन लाईफ स्पोर्टस क्लब जुनियरका अफिसियल सौगात खड्काले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *