ओदानडाँडा मन्दिरलाई डेढलाख बराबरको शिवमूर्ती प्रदान

आदर्श अनलाइन, बागलुङ

धार्मिक तथा ऐतिहासिक स्थलको रुपमा रहेको बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–७ स्थित ओदानडाँडा मन्दिरले पछिल्लो समय चार्चा पाउन थालेको छ ।

स्थानीयको पहलमा ओदानडाँडाको संरक्ष र विकास भइरहेको छ । पछिल्लो समय ओदानडाँडामा भौतिक संरचना निर्माण भइरहेका छन् भने धार्मीक पर्यटकीय हिसावले समेत उक्त स्थान निकै महत्वपूर्ण मानिएको छ ।

बाइसे÷चौबीसे राज्यका पालामा राजाले यस स्थानमा कोट निर्माण गर्न थालेपछि गौतम थर गरेका विज्ञ पुजारीले उक्त स्थानमा बज्र अर्थात् चट्याङ खस्ने र कोट तथा दरबार क्षति हुने बताएपछि राजा रिसाएर पुजारीलाई कारबाही गरेको तर उक्त स्थानमा विज्ञले भनेजस्तै गरी ओदानसहितको बज्र खस्दा एक खुट्टा भाँचिएको ओदान भेट्टिएपछि त्यसलाई संरक्षण गरी राखिएका कारण उक्त स्थान ऐतिहासिक, पुरातात्विक तथा धार्मिक हिसाबले निकै महत्वपूर्ण रहेको ओदानडाँडा मन्दिर व्यवस्थापन तथा संरक्षण समितिका अध्यक्ष विष्णु प्रसाद गौतमले जानकारी दिनुभयो ।

मन्दिर पछिल्लो समय संरक्षण विकास भइरहेको मन्दिर परिसरमा विभिन्न धार्मिक तथा पर्यटकीय आकर्षक संरचनाहरु बनिरहेको छ ।

ओदानडाँडामा शिवको मुर्तीमा पानीको फोहोरा बनाउने समितिको लक्ष्य अनुसार स्थानीय समाजसेवी ८१ वर्षीय जोतिष पण्डित इश्वरी प्रसाद गौतमले करिब एक लाख ६५ हजार बराबरको शिलाबाट निर्मित शिवमूर्ती सहयोग प्राप्त भएको विष्णु प्रसाद गौतमले जानकारी दिनुभयो ।

पूर्व शिक्षक समेत रहनुभएका गौतमले ओदानडाँडामा धार्मिक पर्यटकहरु ल्याउनका लागि आफूले शिवमूर्ती सहयोग गरेको बताउनुभयो । एक समारोहका वीच समितिले मन्दिर सहयोग गर्ने इश्वरी प्रसाद गौतमलाई सम्मान गरेको छ ।

कार्यक्रममा जनकल्याण आधारभूत विद्यालयका प्रधानध्यापक थम्मन जिसी, ओदानडाँडा आधारभूत विद्यालयका प्रजापती गौतम तथा समितिका अध्यक्ष विष्णु प्रसाद गौतमले मन्तव्य राख्नुभएको थियो ।

सल्लाहकार लिलाधर गौतमको अध्यक्षता, ओदानडाँडा संरक्षण समितिको सचिव रामजी गौतमको सञ्चालन, सह–सहिच राधिका गौतमको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *