फोनिजको २३ औं स्थापना दिवस बागलुङमा पनि मनाइयो

आदर्श अनलाइन, बागलुङ
नेपाल आदिवासी पत्रकार महासंघ (फोनिज) को २३ औं स्थापना दिवस बागलुङमा पनि मनाइएको छ । फोनिज बागलुङले आयोजना गरेको पत्रकार र पत्रकारिता विषयक अन्तरक्रियामा सहभागीले पछिल्लो समय पत्रकारितामा विकृति भित्रिन थालेको भन्दै यसलाई रोक्नु पर्नेमा जोड दिए ।

उनीहरुले पत्रकारितालाई व्यवसायिक र मर्यादित बनाउने पर्ने भन्दै आवाज विहीनहरुको आजाव बन्नु पर्ने बताएका थिए । पत्रकारितालाई केही व्यक्तिहरुले आफ्नो व्यक्तिगत स्वार्थको लागि अंगालेको भन्दै त्यसले समाजमा ठूलो असर पु¥याउने बताए । पत्रकारिता व्यवसायिक र मर्यादित नभएसम्म समाज रुपान्तरण हुन सक्ने समेत उनीहरुको भनाई थियो ।

कार्यक्रममा नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद बागलुङका अध्यक्ष बोमबहादुर गुरुङले आदिवासीको पत्रकारिता मार्फत थिचोमिचोर अन्यायमा परेका नागरिकको उत्थान गर्नु पर्नेमा जोड दिनुभयो । बेलाबेला बोलीमा आउने त्रुटिदेखि सोझोपनको फाइदा उठाउने प्रवृत्तिको अन्त्य गर्न पत्रकारिताले भूमिका खेल्नुपर्ने उनको धारणा थियो ।

कार्यक्रममा फोनिज बागलुङका सदस्य अस्मिता पुनले पत्रकार कस्तो हुनुपर्छ र फोनिजको अवधारणा के हो भन्ने विषयको अवधारणा पत्र प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा फोनिज गण्डकीका सचिव विजय राना, सल्लाहकार संगम घर्ती मगर, नेपाल पत्रकार महासंघ बागलुङका कार्यवाहक अध्यक्ष नविन शिशिर विक, प्रेस सेन्टर नेपाल बागलुङका उपाध्यक्ष सज्जनकुमार सिंह, समाजवादी प्रेस संगठजन बागलुङका संयोजक राप्रसाद घिमिरे, प्रगतिशील पत्रकार संघका केन्द्रीय सदस्य ताराप्रसाद शर्मा लगायतले बोलेका थिए ।

कार्यक्रम फोनिज बागलुङका अध्यक्ष प्रकाश छन्तयालको अध्यक्षता, सदस्य लक्ष्मी अर्गेजा मगरको स्वागत र सचिव डम्मर बुढा मगरको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *