बागलुङमा मनाईयो गाईजात्रा

आदर्श अनलाइन, बागलुङ
बागलुङमा प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज स्वास्थ्य मापदण्ड पालन गरी प्रारम्भ भएको छ । एक वर्ष पहिले दिवंगत भएका आत्माको शान्तिको कामना गर्दै बागलुङमा गाईजात्रा मनाइएको हो ।

नेवार समुदायले मनाउने गरेको गाईजात्रा पर्वलाई आफ्ना परिवारमा मृत्यु भएको सदस्यको सम्झनामा तायाः मचा बनाएर नगर परिक्रमा गरिएको छ यस वर्ष सदरमुकाम बागलुङ बजारका नेवार समुदायका परिवारमा मृत्यु भएका ८ जनाको तायाः मचा बनाइएको हो ।गाईजात्रा मृत्युसंस्कारसँग सम्बन्धित पर्व हो ।

नेवार समुदायमा कसैको मृत्यु भएपछि मृतकलाई मरेपिपल हुँदै दाहसंस्कारको लागि निरेघाटमा लैजाने हुँदा विहान निकाल्ने ताया मचालाई मरेपिपलसम्म लगेर मृतकको आत्मालाई देखाएर फर्काएकापछि मात्र मृतकको आत्माले शान्ती पाउने भन्ने कथन छ । बजारको नारायणचोकबाट सुरु भई मरेपिपल परिक्रमा गरी पुनः नारायणचोकमा गएर गाईजात्राको समापन गरिएको थियो ।यो एक प्रकारको मृत्यु गणना जात्रा पनि हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *