एमाले काठेखोला स्थानीय तह दलको नेतामा वि.क


आदर्श अनलाइन, बागलुङ

नेकपा एमाले काठेखोला गाउपालिका कमिटिले स्थानीय तह दल गठन गरेको छ । पार्टीको विधान अनुसार हरेक पालिकामा स्थानीय तह दल गर्ने व्यवस्था अनुसार शनिवार सम्पन्न एमाले काठेखोला गाउँपालिका कमिटिको वैठकले स्थानीय तह दल गठन गरेको हो । काठेखोला गाउँपालिकामा वडा नं. ३ का वडा अध्यक्ष कुल बहादुर विक नेतृत्वमा स्थानीय तह दल काठेखोला गठन गरिएको छ ।

स्थानीय तह दलको नेताले पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुको बैठक गरी अन्य जिम्मेवारी तोक्नुका साथै पालिकामा हुने गतिविधिका सम्बन्धमा पार्टीका तर्फबाट आवश्यक काम गर्ने व्यवस्था रहेको पार्टीका पालिका अध्यक्ष डिल बहादुर कार्कीले जानकारी दिनुभयो ।

वैठकमा बोल्दै एमाले केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज गोविन्द बहादुर नेपालीले नेकपा एमालेले केन्द्र देखि स्थानीय तहसम्मको सरकार चलाउदा गरेका कामका बारेमा जनतालाई जानकारी गराउन नसक्दा गत स्थानीय तहमा सोचजति सफलता पाउन नसकिएको बताउनुभयो ।

पालिका, प्रदेश र केन्द्र सरकारमा एमालेको नेतृत्व हुदा भएका धेरै जनपक्षिय कामहरु छन, तर भएका कामहरुको बारेमा जनतालाई जानकारी गराउन नसक्नु, विपक्षीले एमालेको विरुद्ध चलाएका भ्रमहरुलाई चिर्न नसक्नु जस्ता कमजोरी सुधार गरेर आगामी प्रदेश र संघीय निर्वाचनमा होमिन उहाँले नेता कार्यकर्ताहरुलाई आव्हान गर्नु भयो । कार्यक्रममा जिल्ला अध्यक्ष हिरा बहादुर केसीेले स्थानीय निर्वाचनमा भएका कमी कमजोरीलाई सुधार गर्दै आक्रामक रुपमा आगामी निर्वाचन केन्द्रीत भएर अभियानमा जुट्न आग्रह गर्नु भयो ।

वैठकले आगामी भदौ १५ गतेभित्र वडा कमिटिका वैठक बसी निर्वाचन परिचालनको योजना बनाउन, सबै जनसंगठनहरुको वैठक तथा भेला गर्न, सबै वडामा साविकका वडा अनुसार टोल कमिटि गठन गर्ने लगायतका योजना निर्माण गरेको पार्टी सचिव विद्यापती शर्माले जानकारी दिनुभयो ।

वडा पार्टी कमिटिका बैठक, जनसंगठनका वैठक लगायत निर्वाचन परिचालन सम्बन्धी योजना निर्माणका वडा पार्टी कमिटिलाई निर्देशन गर्दै उक्त कार्यमा सहजीकरणका लागि पार्टीका प्रदेश कमिटि, जिल्ला कमिटिका सदस्यहरुलाई जिम्मेवारी तोकिएको छ । गत स्थानीय तह निर्वाचनमा एमालेका तर्फबाट विजयी वडा नं. २, ३ र ७ का जनप्रतिनिधिहरुलाई सो अवसरमा सम्मान गरिएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *