आदर्श सञ्चारद्वारा श्रद्धाञ्जली सभा

आदर्श अनलाइन, बागलुङ
आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले संस्थाका शेयर सदस्य शोभा के.सी. का ससुरा टेक बहादुर क्षेत्रीको निधन प्रति दुःख व्यक्त गर्दै आज श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।

बागलुङ नगरपालिका वडा नम्बर ६ ओखरबोट सिम निवासी क्षेत्रीको निधन भएको ७ औं दिनको पुण्यतिथि पारेर श्रद्धाञ्जली सभासहित परिवारलाई आदर्श सञ्चार सहकारी संस्थाका सञ्चालक गीता खड्का, शेयर सदस्य शिवकला थापा लगायतले शेयर सदस्यको निधनमा प्रदान गरिने मृत्यु राहत स्वरुप ५ हजार रुपैयाँ स्वर्गीय क्षेत्रीको परिवारलाई हस्तान्तरण गर्नुभएको थियो ।

आदर्श सञ्चार सहकारी संस्थाले सदस्य राहत कोषबाट शेयर सदस्यको निधनमा १५ हजार र शेयर सदस्यका परिवारका सदस्यको निधनमा ५ हजार रकम राहत स्वरुप प्रदान गर्दै आएको छ ।

आदर्श सञ्चार सहकारी संस्थाले स्थापनाकालदेखि नै धौलागिरी जागरण दैनिक पत्रिका प्रकाशनसंगै सहप्रकाशन अग्रसर साप्ताहिक, आदर्शसञ्चार अनलाइन, धौलागिरी टेलिभिजनमा सहकार्य गर्नुका साथै वित्तीय तथा सामाजिक क्षेत्रमा समेत काम गर्दै आइरहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *