घुम्ती सेवा शिविर मार्फत भकुण्डेमा ३६१ जना लाभान्वित

आदर्श अनलाइन, बागलुङ
बागलुङ नगरपालिकाले सोमबार ‘घुम्ती सेवा शिविर’ बाट भकुण्डेका ३६१ जना नागरिकले विभिन्न सेवा मार्फत लाभान्वित भएका छन् ।

ग्रामीण भेगको रुपमा रहेको भकुण्डेका नागरिकले नागरिकले स्वास्थ्य सेवा सहित पाँच प्रकारका सेवा गाउँमै लिएका छन् । सोमबार बागलुङ नगरपालिका वडा नं. १० भकुण्डेमा सञ्चालित शिविरमा योजना सम्झौता, अपाङ्गता परिचयपत्र वितरण, निःशुल्क स्वास्थ्य जाँच तथा औषधि वितरण, माटो परीक्षणलगायत सेवा प्रदान गरिएको थियो ।

शिविरमा चालु आर्थिक वर्षका १६ योजना सम्झौता भएको वडा अध्यक्ष तील बहादुर थापाले जानकारी दिनुभयो । योजना मध्ये महिला अध्यक्ष भएका ४ योजना, पुरुष अध्यक्ष भएको ९ र संस्थागत ३ गती १४ योजना सम्झौता भएका हुन् । सम्झौता गरिएका सबै योजनाको बैंक खाता समेत खोलिएको छ ।

No description available.

शिविरमा सञ्चालित निःशुल्क स्वास्थ्य जाँच तथा उपचार सेवाबाट एक सय ५१ जना लाभान्वित भएका छन् । जसमध्ये ६७ महिलाको पाठेघर जाँच र उपचार गरिएको जनाइएको छ । जसमध्ये २ जना महिलाको पाठेघर खसेकोमा रिङ्ग पेशरी राखिएको र १६ महिलाले यौनजन्य रोगको उपचार तथा परिक्षण र ३ जनाको परिवार नियोजना गरिएको छ ।

यस्तै १०४ जनाको मधुमेह परिक्षण गरिएको छ । स्वास्थ्य शिविरबाट अधिकांश उच्च रक्तचाप र हाडजोर्नीका बिरामीले लाभ लिएको नगरपालिकाका जनस्वास्थ्य निरीक्षक रामप्रसाद खनालले जानकारी दिनुभयोे ।

यस्तै नयाँ र पुरानो गरी ३० जनालाई अपाङ्गता परिचयपत्र वितरण वितरण गरिएको छ । जसमा ‘क’ वर्गका १५, ‘ख’ वर्गका १० र ‘ग’ वर्गका पाँच छन् ।

शिविरकै अवसरमा कृषि प्राविधिकले किसानको खेतबारीमै पुगेर माटोको गुणस्तर परीक्षण गरेका थिए । ४० रोपनी जग्गालाई समेटिएर १५ स्थानको माटोको नमूना परिक्षण गरिएको थियो । नगरका कृषि शाखा प्रमुख राहुले केसीका अनुसार भकुण्डेको माटोमा अधिकांश अम्लियपन रहेको पाइएको छ ।

No description available.

शिविरमा उपभोक्ता समिति, टोल विकास समिति र सर्वसाधारण गरी ४५ जनालाई वित्तीय सारक्षरता अनुशिक्षण दिइएको थियो । यस्तै बालमैत्री नगरपालिका घोषणा गर्नका लागि आवश्यक सूचकहरु पूरा गर्नका लागि १५ सदस्यीय बालमैत्री स्थानीय शासन वडा समिति गठन गरिएको थियो ।

घुम्ती सेवा शिविरको बागलुङ नगरपालिकाका नगरउप–प्रमुख राजु खड्काले अपाङ्गता भएका व्यक्तिलाई अपाङ्गता परिचय पत्र वितरण गरेर सेवा शिविरको शुभारम्भ गर्नुभएको थियो । उहाँले भकुण्डेलाई विशेष पर्यटकीय गन्तव्य घोषणको तयारी गरेको समेत जानकारी दिनुभयो ।

नगरबाट प्रवाह हुने सेवालाई घरदैलोमा पु¥याएर जनतालाई सहज सेवा दिने उद्देश्यले घुम्ती शिविरको अभियान थालिएको नगर उपप्रमुख राजु खड्काले बताउनुभयो । दोस्रो चरणको शिविर भदौ ८ गते वडा नं. १२ अमलाचौरबाट सुरु हुने नगरपालिकाले जनाएको छ । शिविरमा झण्डै ८० प्रतिशत योजना तथा कार्यक्रम सम्झौता गर्ने लक्ष्य लिइएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *