स्वास्थ्यकर्मीको दरबन्दी कटौतीपछि पर्वत अस्पतालको सेवा प्रभावित

आदर्श अनलाइन, पर्वत
प्रदेश सरकारले एकैपटक २१ जना स्वास्थ्य कर्मीको दरबन्दी कटौती गरेपछि पर्वत अस्पतालमा जनशक्तिको अभाव भएको छ । कोभिड–१९ संक्रमणलाई नियन्त्रणमा लिन तथा प्रभावितहरूको उपचार गर्नको लागि २१ जना स्वास्थ्यकर्मी र चार जना कार्यालय सहयोगीहरूलाई करारमा राखिएको थियो । उनीहरू एक वर्षदेखि अस्पतालको इमर्जेन्सी, कोभिड-१९ को आइसोलेसन वार्ड, ओपिडी, ल्याब, लगायतका विभिन्न भागमा कार्यरत रहँदै आएका थिए ।

प्रदेश सरकारले उनीहरूको करार सम्झौता थप नगर्ने भनेर परिपत्र गरेपछि उनीहरू अस्पतालमा नआएको र कर्मचारीको अभावमा सेवा बढाउन नै समस्या परिरहेको अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. रुक्मिना अधिकारीले जानकारी दिइन् ।

जिल्ला अस्पतालमा निर्माण भएको नयाँ भवनबाट सेवा सुरु भएपछि बिरामीको उपचार सहज र उपचारमा पनि पहुँच बढ्ला भन्ने आशा भएपनि जनशक्ति अभावले जिल्लावासी निराश बनेका छन् ।

१५ शैयाको अस्पताललाई स्तर वृद्धि गरेर ५० शैया क्षमताको बनाउने योजना अनुसार करोडौँको लगानीमा आधुनिक भवनहरू बनेका छन् । पुरानो भवनबाट नयाँ भवनमा स्थानान्तरण भएपछि सेवा विस्तार हुनुपर्नेमा सेवा झनै साँघुरो बन्ने अवस्था आएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *