बागलुङ बडिगाडका २ खेलाडी थाइल्याण्ड ओपन कराते दोमा भाग लिन जाँदै

आदर्श अनलाइन, बागलुङ
बागलुङका २ खेलाडी अगस्ट १९ देखि २३ सम्ममा थाइल्याण्डमा हुने थाइल्याण्ड ओपन कराते दो प्रतियोगितामा सहभागिता जनाएने भएका छन् । प्रतियोगितामा भाग लिन बडिगाड डोजो नवीन थापा र बिज्जल पाईजा बुधवार काठमाडौं प्रस्थान गरेका छन् ।

बडिगाड डोजोमा एक कार्यक्रम गर्दै प्रमुख प्रशिक्षक राजन कुमार पाईजा र बडिगाड गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष विष्णु प्रसाद आचार्यले खेलाडीहरुलाई जितको शुभकामना दिदै बडिगाडबाट अन्तराष्ट्रिय खेलमा सहभागी जनाउन पाउनु नै सौभाग्यभएको बताउनुभयाे ।

बडिगाड डोजोका प्रमुख प्रशिक्षक राजन पाईजाले बडिगाड डोजोबाट हालसम्म विभिन्न देशमा आफ्नो खेलाडीहरुले सहभागी जनाउदै राम्रो प्रर्दशन गरेकोमा खुशी व्यक्त गर्नुभयाे। खेलमा हार जित दुवै हुने र दुवै पक्षलाई स्वभाविक रुपमा लिनुपर्ने बताउँदै खेलाडीहरुलाई जीतको शुभकामना दिनुभयाे।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *