घरपझोङको ५ वटै वडामा फ्री वाईफाई

आदर्श अनलाइन, जोमसोम
धार्मिक तथा पर्यटकीय हिमालपारीको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिकाले पर्यटक तथा सर्वसाधारणलाई फ्री वाईफाई जोन सेवा प्रदान गरेको छ ।बदलिदो प्रविधिको युगमा आम नागरिकलाई अतिआवश्यकीय सेवाको रुपमा रहेको ईन्टरनेट सेवा सुविधा सहज बनाउन घरपझोङ गाउँपालिकाले पालिकाको ५ वटै वडाहरुमा फ्री वाईफाई विस्तार गर्ने गरी यसको प्राविधिक जडान गर्ने कार्य भईरहेको बताईएको छ ।

घरपझोङ गाउँपालिका क्षेत्रभित्र सूचना प्रविधिको विकास र प्रर्वद्धन गरी स्थानीय जनताको पहँुच स्थापित गरी सेवा प्रवाहलाई सहज बनाउन पालिकाको ५ वटै वडाहरुमा फ्री वाईफाई सेवा संञ्चालन गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत गौरीप्रसाद आचार्यले जानकारी दिए ।

उनका अनुसार पालिकाले सबै वडाहरुको महत्वपूर्ण क्षेत्र स्थानमा वाईफाई सेवा प्रवाह गर्न लागेको हो । घरपझोङले सदरमुकाम जोमसोमको पुथाङ एअरपोर्ट,जिल्ला प्रशासन कार्यालय,जोमसोम वालउद्यान,छैरो,चिमाङ,मार्फा,स्याङ,ठिनी र ढुम्बाताल लगायतका स्थानमा फ्री वाईफाई जडान कार्य सुरु गरेको प्रशासकीय अधिकृत आचार्यले बताए ।

घरपझोङमा फ्री वाईफाई सेवा संञ्चालनपछि स्थानीय र आन्तरिक तथा वाह्य पर्यटकलाई देश विदेशको सूचना समाचारका साथै ,फोटो अपलोड,भिडियो कल र सरकारी कामकाजलाई समेत सहज बनाउने बताईएको छ ।

मुस्ताङको घरपझोङ गाउँपालिकाले चालु आर्थिक वर्ष २०७९÷०८० को लागि फ्री वाईफाई तथा सीसीटिभि जडान कार्यका लागि पालिकाको नीति तथा कार्यक्रममा समेट्दै गाउँसभाबाट ६ लाख बजेट विनियोजन गरिएको थियो । प्रमुख प्रशासकीय अधिकृत आचार्यले फ्री वाईफाई जडानकार्य सकिए लगत्तै जोमसोमक्षेत्रको महत्वपूर्ण स्थानमा सीसी क्यामेरा जडान गर्ने कार्यक्रम रहेको जानकारी दिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *