रायोको सागका फाइदा

आदर्श अनलाइन, काठमाडौं
सागले हाम्रो शरीरलाई फाइदा गर्छ भन्ने कुरा धेरैलाई थाहा नै छ । सागमा पनि रायोको सागले हामीलाई स्वस्थ रहन र विभिन्न रोगबाट बच्न धेरै भूमिका खेलेको हुन्छ । रायोको तरकारी खाँदा धेरै समस्याबाट मुक्ति पाइने बताइन्छ । साग नरुचाउने सायद कम नै होलान् । साग खाँदा भिटामिन, मिनिरल तथा अन्य तत्वहरू पाइन्छ जसले हाम्रो शरीरलाई स्वस्थ राख्न मद्दत पुर्‍याउँछ ।

गर्भवती महिलालाई वाक्वाकी आउने, टाउको दुख्ने आदि समस्या देखिन्छन् । शरीरमा भिटामिन ‘के’ को कमीका कारण यस्तो हुने गर्छ । रायोको सागमा भिटामिन ‘के’ प्रचुरमात्रामा पाइने भएकाले यो गर्भवती महिलाका लागि उपयुक्त हुन्छ । त्यसैगरी रायोको सागमा पाइने भिटामिन ‘के’ ले महिनावारीका बेला जिउ दुख्ने समस्याबाट राहत दिन्छ ।

यस्तै मुटुसम्बन्धी हरेक खालका समस्या भएकाले अथवा मुटुसम्बन्धी रोग नलागोस् भन्ने चाहनेले रायोको साग खानुपर्छ ।
त्यस्तै उमेर बढ्दै गएपछि दिमागको सम्झने क्षमतामा ह्रास आउन थाल्छ । प्रतिदिन तीनपटक रायोको साग खाएर स्मरणशक्तिमा आउने ह्रासको समस्यालाई ४० प्रतिशतसम्म कम गर्न सकिने विभिन्न अनुसन्धानले देखाएका छन् ।

यसैगरी, रायोको सागमा भिटामिन ‘ए’, ‘सी’ र ‘के’ प्रचुरमात्रामा पाइन्छ । यी तीनवटै तत्वले एन्टी अक्सिडेन्टको काम गर्छन् । रायोको सागमा पाइने म्याग्नेसियम र फोलेटजस्ता तत्वले शरीरमा जम्मा भएका विकारलाई विभिन्न माध्यमबाट शरीरबाहिर निकाल्छन् । त्यस्तै रायोको सागले बाथका रोगीलाई राहत दिन्छ । यसमा कपर पाइन्छ, जसले बाथको पीडालाई कम गर्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *