विश्वकर्मा समाजद्धारा काठमाडौंमा तीज विशेष कार्यक्रम

सुमन रामदाम, काठमाडौं
बागलुङ गैरागाउँ–काठमाडौं विश्वकर्मा समाजले नजिकिदै गरेको हरितालिका तीजका अवसरमा विशेष कार्यक्रम सम्पन्न गरेको छ ।
शनिवार बासबारीको एक बैंक्वेटमा आयोजित तीज विशेष साँस्कृतिक कार्यक्रममा नाँचगान सहित महिला दिदी बहिनीहरुलाई दर खुवाइएको थियो ।

बागलुङबाट काठमाडौं आएका विश्वकर्मा बिच आपसी सद्भाव, सहकार्य, सहयोगका लागि गठित समाजका तर्फबाट चेलीबेटीलाई आफन्तको अपनत्व र संस्कृतिको संरक्षण सम्बद्र्धनका लागि कार्यक्रम आयोजना गरिएको बागलुङ गैरागाउँ काठमाडौं विश्वकर्मा समाजका अध्यक्ष रामकृष्ण सुनारले बताउनुभयो ।

कार्यक्रमका उद्घाटन पछि बोल्दै प्रमुख अतिथि संघीय सांसद मीनबहादुर विश्वकर्माले संस्कृतिको संरक्षणका लागि सबैले आवश्यक पहल गर्नुपर्नेमा जोड दिनुभयो । पश्चिमी संस्कृतिका कारण नेपाली समुदायको मौलिक चाडपर्व, संस्कार सस्कृतिमा बिकृति भित्रिएकाले सचेत बन्नुपर्ने उहाँको भनाई थियो । बिभिन्न पेशा, व्यवसायको शिलशिलामा काठमाडौंमा रहेकाहरु बिच समाज गठन गरेर रचनात्मक कार्यक्रम गर्नु प्रशंसनीय भएको भन्दै कार्यक्रमले आफ्ना दुःख पीडाहरु बिर्साएर आपसी सद्भाव, एकतालाई मजबुत बनाउन सहयोग पुग्ने उहाँले बताउनुभयो । कार्यक्रममा सामाजिक अभियन्ता सरु सुनुवार लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा सारंगी संसार, कलाकार कृष्णा परियार, देवेन्द्र बब्लु, दोहोरी गायक चिज गुरुङ लगायतको विशेष सांगीतिक प्रस्तुति रहेको थियो । सोही अवसरमा चर्चित गायक प्रकाश सपुतका माता पितालाई देशमै अब्बल सपुत सन्तानलाई जन्म र अभिभावकत्व प्रदान गरेको भन्दै दोसल्ला र सम्मानपत्र सहित सम्मान गरिएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *