बागलुङका दुई पत्रकार पुरस्कृत

आदर्श अनलाइन, बागलुङ
‘कालिका पत्रकारिता पुरस्कार’ बाट बागलुङका दुई जना पत्रकारलाई पुरस्कृत गरिएको छ ।
बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिले स्थापना गरेको पुरस्कारबाट वि.सं. २०७९ को पुरस्कार ‘रासस’कर्मी रामबहादुर थापा ‘अविरल’ र ‘ढोरपाटन दैनिक’कर्मी तारानाथ आचार्यलाई आईतबार प्रदान गरिएको छ ।

गुठीका अध्यक्ष कुमार खड्का, उद्योग बाणिज्य संघ बागलुङका बरिष्ठ उपाध्यक्ष राजन शाक्य र पत्रकार महासंघ बागलुङका कार्यवहाक अध्यक्ष नविन शिशिर विकले संयुक्त रुपमा पुरस्कृत पत्रकार थापा र आचार्यलाई जनही रु. ५ हजारसहित प्रमाणपत्र र दोसल्ला प्रदान गरेका थिए ।
गुठीका अध्यक्ष खड्काले बर्षेनी दुई पत्रकारलाई सो पुरस्कार प्रदान गरिदै आएको बताउनुभयो । उहाँले मन्दिरको प्रचारप्रसारमा महत्वपूर्ण भुमिका खेल्ने जिल्लाका क्रियाशिल पत्रकारहरुलाई पुरस्कृत गरिने बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *