बानपाको घुम्ती सेवा बुधबारदेखि बलेवामा

आदर्श अनलाइन, बागलुङ

बागलुङ नगरपालिकाले थालेको घुम्ती सेवा शिविरको दोस्रो चरणको अभियान बुधबार ८ गते देखि वलेवाका तीन वडामा हुँने जनाएको छ ।

बागलुङ नगरपालिकाले साउन २९ र ३० गते रायडाँडा र भकुण्डेमा ‘घुम्ती सेवा शिविर’ मार्फत झण्डै ६५० जनालाई पाँच प्रकारको सेवा प्रदान गरिसकेको छ ।

दोस्रो चरणको घुमती सेवा शिविर अन्र्तगत भदौं ८ गते बागलुङ नगरपालिका–१२ अमलाचौर, ९ गते वडा नम्बर १३ पैयुपाटा र भदौं १० गते वडा नम्बर १४ नारायणस्थानमा सञ्चालन गरिने बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले जानकारी दिनुभयो ।

सञ्चालित शिविरमा योजना सम्झौता, अपाङ्गता परिचयपत्र वितरण, निःशुल्क स्वास्थ्य जाँच तथा औषधि वितरण, माटो परीक्षणलगायत सेवा प्रदान गरिनेछ ।

नगरबाट प्रवाह हुने सेवालाई घरदैलोमा पु¥याएर जनतालाई सहज सेवा दिने उद्देश्यले घुम्ती शिविरको अभियान थालिएको नगर उपप्रमुख राजु खड्काले बताउनुभयो । घुम्ती सेवा शिविरमा झण्डै ८० प्रतिशत योजना तथा कार्यक्रम सम्झौता गर्ने लक्ष्य लिइएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *