सहकारीमा देखिएको समस्या मिलेर समाधान गर्न प्रदेश सांसद सापकोटाको सुझाव

आदर्श अनलाइन, बगालुङ

गण्डकी प्रदेश सभाका सदस्य इन्द्रलाल सापकोटाले गरिवी निवारणको महत्वपूर्ण माध्यम सहकारी क्षेत्रमा पछिल्लो समय देखिएका समस्याका कारण आम समुदायमा सहकारीप्रति नकरात्मक धारणा बनेको बताउनु भएको छ । राष्ट्रिय सहकारी बैंक बागलुङ शाखाले सोमवार बागलुङ बजारमा आयोजना गरेको सहकारी बैंकको सेवा र सहकारीका समसामयिक विषयक अन्तरक्रिया कार्यक्रमको उद्घाटन पछि बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।

सहकारीले जनतालाई आर्थिक सामाजिक रुपमा सक्षम बनाउने काम गरेको छ, तर केही सहकारीले सहकारीको मूल्य, मान्यता, सिद्धान्त र ऐन नियम विपरित काम गरेका कारण समस्या आएको उहाँको भनाइ थियो ।

सहकारी सदस्य केन्द्रीत व्यवसाय हो, जुन सहकारीले सदस्यलाई प्राथमिकतामा राखेर काम गरेका छन्, ति सहकारीमा समस्या छैन, सांसद सापकोटाले भन्नुभयो, सहकारीका नाममा कमाउने धन्दा गर्ने सहकारीहरुका कारण सहकारी क्षेत्र समस्यामा परेको छ ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका सञ्चालक हुमा कुमारी जिसी (अञ्जु), नेफ्स्कुनका सञ्चालक चण्डी प्रसाद शर्मा, जिल्ला स्वास्थ्य सहकारी संघका अध्यक्ष सीता शर्मा लगायतले सहकारीमा पछिल्लो समय देखिएका समस्या समाधानका लागि समन्वय र सहकार्य आवश्यक रहेको बताउनु भएको थियो ।

बैंकका अध्यक्ष केबी उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा बैंकका सञ्चालक राम बहादुर जिसीले बैंकको विगत, वर्तमान र आगामी योजनाका बारेमा सहजीकरण गर्नु भएको थियो ।
बैंकका शाखा प्रमुख युवराज त्रिपाठीको सञ्चालनमा सम्पन्न कार्यक्रममा बैकका कर्मचारी नारायण पौडेल स्वागत गर्नु भएको थियो ।

राष्ट्रिय सहकारी बैंकमा आर्थिक वर्ष २०७७/०७८ मा उत्कृष्ट र नियमित कारोबार गर्ने जिल्ला वचत तथा ऋण सहकारी संघ र एकता सहकारी संस्थालाई सो अवसरमा सम्मानित गरिएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *