पटक–पटक मन्त्रालय नपुगे योजना र बजेट कम पर्न सक्छ : शिक्षा मन्त्री पौडेल

आदर्श अनलाइन, बागलुङ
शिक्षा तथा विज्ञान प्रविधि मन्त्री देवेन्द्र पौडेलले पद र प्रतिष्ठाको दम्भ देखाएर विकास गर्न नसकिने बताउनुभयो ।

बागलुङ जिल्लाका स्थानीय तह, सरकारी गैरसरकारी संस्थाद्वारा आर्थिक वर्ष ०७८÷७९ मा संचालित योजनाको बार्षिक समिक्षा गोष्ठीमा बोल्दै मन्त्री पौडेलले यस्तो बताउनुभएको हो । उहाँले समय–समयमा सम्बन्धीत मन्त्रालयमा योजना माग गर्नको लागि पुगिरहनुपर्ने बताउँदै मन्त्री, मन्त्रालयका कर्मचारीसँग आफ्नो पद प्रतिष्ठाको दम्भ देखाएर मन्त्रालय नपुग्दा योजना र चाहेजती योजना र बजेट प्राप्त हुन नसक्ने बताउनुभएको थियो ।

बुधबारबाट बागलुङ सदरमुकाममा सुरु भएको समिक्षा गोष्ठी बिहीबार सम्पन्न हुनेछ । समिक्षा गोष्ठीमा जिल्ला स्थित स्थानीय तहका प्रमुख, उपप्रमुख, सरकारी कार्यालयका प्रमुख र गैर सरकारी संस्थाका प्रमुख प्रतिनिधीको सहभागीता हरेको छ ।

समिक्षा गोष्ठीको उद्घाटन कार्यक्रममा संविधान सभा सदस्य बलावती शर्मा, प्रदेश सभा सदस्य खिम विक्रम शाही, गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरे, बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारी, प्रमुख जिल्ला अधिकारी रमेश ढकाल र पर्यटन अभियान्ता कृष्ण केसीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम जिल्ला समन्वय समिति बागलुङका प्रमुख अम्मर बहादुर थापाको अध्यक्षता, उपप्रमुख होमनाथ शर्माको स्वागत तथा नारायण कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *