२४ घण्टामा कोरोनाबाट ३ को मृत्यु, ४४४ जना नयाँ संक्रमित

आदर्श अनलाइन, काठमाडौं
पछिल्लो २४ घण्टामा देशभर थप ४४४ जनामा कोरोना संक्रमण भएको छ भने संक्रमणबाट ३ जना ज्यान गुमाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९५४ जनाको परीक्षणमा ४४४ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ९९६जनाको पीसीआर परीक्षण गर्दा २११ जना र २ हजार ९५८ जनाको एन्टिजेन परीक्षण गर्दा २३३ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।

पछिल्लो २४ घण्टामा ३०७ जना संक्रमणमुक्त भएका छन् । आज कोरोना संक्रिय संक्रमितको संख्या ४ हजार १९९ पुगेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *