कोरोना अपडेट : २०२ जना संक्रमित भेटिँदा ४६२ जना संक्रमणमुक्त

आदर्श अनलाइन, काठमाडौं
पछिल्लो २४ घन्टामा देशभर २०२ जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार यस अवधिमा ३ हजार ८३३ जनामा गरिएको परीक्षणमा २०२ जना कोरोना संक्रमित भेटिएका हुन्।

आज एकजना संक्रमितको मृत्यु भएको छ। हाल देशभर ३ हजार ३१३ जना सक्रिय संक्रमित रहेका छन्। सक्रिय संक्रमितमध्ये हाल १ जना भेन्टिलेटरमा‚ ४४ जना आइसियूमा‚ १६२ जना संस्थागत आइसोलेशनमा र ३ हजार १५१ जना होम आइसोलेशनमा रहेको मन्त्रालयको विवरणमा उल्लेख गरिएको छ।

अहिले काठमाडौंमा १६ सय ७ जना‚ ललितपुरमा ५५२ जना र भक्तपुरमा ४२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *