आजको मौसम

आदर्श अनलाइन, काठमाडौँ
आज दिनभर देशभर आंशिक देखि सामान्य बदली रहनेछ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राती पनि देशभर आंशिक देखि सामान्य बदली रहने मौसम विभागको अनुमान छ तर गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूका एक(दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *