महिलाहरु देशको विकास र समृद्धिमा लाग्ने जनशक्ति हो : थापा

रोहन जि.सी,बागलुङ
अखिल नेपाल महिला संघ बागलुङको जिल्ला स्तरीय बैठक तथा प्रशिक्षण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

कार्यक्रमलाई सम्वोधन गर्दै अखिल नेपाल महिला संघ केन्द्रीय अध्यक्ष तथा नेकपा एमालेका स्थायी कमिटि सदस्य थममाया थापाले महिलाहरु देशको विकास, समृद्धि,न्याय र समानताको पक्षमा उर्जाशिल भएर लाग्ने जनशक्ति भएकाले सवै महिलाहरुलाई त्यस तर्फ लाग्न आग्रह गर्नुभएको छ ।

थापाले महिला विनाको विकास र समृद्धि कल्पना गर्ने नसकिने भएकोले राज्यको हरेक क्षेत्रमा महिलाहरु क्रियाशिल भएर आउनुपर्नेमा जोड दिनुभयो ।
उहँले सवै नेता कार्यकर्ता एकजुट भई अखिल नेपाल महिला संघलाई अगाडि बढाउन लाग्नु पर्ने बताउनुभयो ।

कार्यक्रममा अनेम संघ केन्द्रीय सचिवालय सदस्य तथा नेकपा एमाले पोलिट व्युरो सदस्य तथा गण्डकी प्रदेश सह इन्चार्ज मनकुमारी केसी जिसी, अनेम संघ प्रदेश कमिटि संयोजक तथा केन्द्रीय सदस्य टुुका हमाल, नेपाल एमाले केन्द्रीय सदस्यहरु गोविन्द बहादुर नेपाली, इन्द्रलाल सापकोटा, डा. सुर्य पाठक, सावित्रा राना, केन्द्रीय सल्लाहकार परिषद सदस्य नवराज पौडेल,जिल्ला अध्यक्ष हिराबहादुर केसी, प्रदेश सदस्य उषा पौडेल, अनेमसंघ प्रदेश कमिटि सह संयोजक तारामाया थापा मगर लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

प्रशिक्षण कार्यक्रममा अनेम संघमा आवद्ध २०० जनाको सहभागिता रहेको बागलुङका उपाध्यक्ष चित्रकला श्रीस चित्राले जानकारी दिनुुभयो ।

कार्यक्रममा निर्वाचनमा महिलाहरुको अर्थपूर्ण सहभागिता,राज्यको पुनःसंचरना, अनेम संघ र पार्टीको सम्वन्ध, महिला आन्दोलन र अखिले नेपाल महिला संघको १४ बुदे कार्यक्रम, अनेम संघको सांगठनिक संरचना र सदृढिकरण लगायतका विषयमा प्रशिक्षण दिइएको थियो ।

कार्यक्रम संघ बागलुङका अध्यक्ष लक्ष्मी बोहोराको अध्यक्षता तथा सचिव विना थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *