स्वास्थ्य क्षेत्रको बजेट बढाउन आवश्यक छ : मन्त्री अधिकारी

आदर्श अनलाइन, बागलुङ

गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारी गुरुङले स्वास्थ्य क्षेत्रको विकासका लागि बजेट अभाव भएको बताउनुभयो ।

उहाँले संघ र प्रदेशले स्वास्थ्य क्षेत्रलाई कम प्राथमिकतामा राखेर बजेट ल्याउदा स्वास्थ्य क्षेत्रको गुणत्मक विकासमा बाधा पु¥याएको बताउनुभयो ।

आज बागलुङमा आयोजित गण्डकी प्रदेश स्तरीय वार्षिक समिक्षा कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले स्वास्थ्य क्षेत्रको सुधारका लागि बजेट र दक्ष जनशक्तिको अभाव खड्कीएको बताउदै त्यस बाबजुत पनी गण्डकी प्रदेश सरकारले उल्लेख्य नतिजा हासिल गर्न सफल भएको बताउनुभयो ।

गण्डकी प्रदेशका सात जिल्लाका स्वास्थ्य कार्यालय, सरकारी अस्पताल तथा आयुर्वेद कार्यालयको गत आर्थिक वर्षको समिक्षा कार्यक्रममा मन्त्री गुरङले बजेट र जनशक्ति अभावका बीच हासिल गरेको प्रगतीको प्रसंशा गर्दै आगमी दिनमा बजेटमा वृद्धि गर्न आफूले पहल गर्ने बताउनुभयो ।

“बजेटमा गुणात्मक विकास आवश्यक छ, तर बजेट र जनशक्ति हाम्रो समस्या हो तर अबका दिनमा जनशक्तिका प्रदेश लोकसेवा आयोगले ठूलो संख्यामा चिकित्सक माग गरेको छ” मन्त्री अधिकारीले भन्नुभयो “सरकारले कम्तिमा स्वास्थ्य क्षेत्रलाई १५ देखि २० प्रतिशत बजेट विनियोजन गर्न सके उल्लेख्य प्रगती गर्न सकिन्छ ।”

समिक्षा कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या सचिव श्रीराम तिवारी, स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक खिम बहादुर खड्का लगायतले गण्डकी प्रदेशको स्वास्थ्य क्षेत्रको उपलव्धी, चुनौती र आगमी योजनाका विषयमा जानकारी गराउनुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *