स्वास्थ्य क्षेत्रमा प्रदेशमै प्रथम बन्योे मध्यनेपाल नगरपालिका

आदर्श अनलाइन, बागलुङ

लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका स्वास्थ्य क्षेत्रमा ८५ पालिकामा प्रथम भएको छ ।

शनिबार बागलुङमा बागलुङमा सम्पन्न गरिएको गण्डकी प्रदेश स्तरीय समिक्षा कार्यक्रममा गण्डकी प्रदेशभरी रहेका सबै पालिकाको स्वास्थ्य क्षेत्रको विकास, स्वास्थ्य क्षेत्रमा गरेको काम र हासिल गरेको प्रगती लगायतको सूचकहरुको आधारमा ८५ पालिकामा मध्यनेपाल नगरपालिका प्रथम भएको घोषणा गरिएको गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव श्रीराम तिवारीले जानकारी दिनुभयो ।

गत आर्थिक वर्ष २०७८÷७९ को प्रदेश स्तरीय वार्षिक समिक्षा बागलुङ बजारमा गरिएको छ । समिक्षा कार्यक्रममा स्वास्थ्य क्षेत्रमा पालिकाहरुलाई १०० नम्बरको सूचकको आधारमा मुल्याङ्कन गर्दा सबै भन्दा बढी अंक ८७.४ प्राप्त गर्दै मध्यनेपाल नगरपालिका प्रथम भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पर्वत जिल्लाको पैयु गाउँपालिका दोस्रो र म्याग्दीको बेनी नगरपालिका तेस्रो भएको छ । पैयँुले ८६.२ र बेनी नगरपालिकाले ८५ अंक प्राप्त गर्दै दोस्रो र तेस्रो स्थान हासिल गरेको हो । गत वर्ष पालिकाले लिएको स्वास्थ्य योजना, बजेट, दुर्गमता, स्वास्थ्य क्षेत्रमा भएको प्रगती र न्यूनतम स्वास्थ्य मापदण्ड लगायतका सूचकका आधारमा अंक दिइएको थियो ।

जसमध्ये खोप, पोषण, परिवार नियोजन, बालरोग, फोहोर व्यवस्थापन, दुर्गमता, न्यूनतम स्वास्थ्य मापदण्ड लगायतका सूचकको अध्ययनका आधारमा दिइएको अंकका आधारमा पालिकालाई छनौट गरिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक खिम बहादुर खड्काले बताउनुभयो ।

समिक्षा कार्यक्रममा गण्डकी प्रदेशका सात जिल्लाहरुको सरकारी अस्पताल, स्वास्थ्य कार्यालय तथा आयुर्वेद औषधालयहरुका स्वास्थ्यकर्मी सहभागी गराइएको थियो । उक्त समिक्षा कार्यक्रममा सहभागी भएको प्रदेशमानै दोस्रो स्थान हासिल गर्ने पर्वत जिल्लाको पैयँु गाउँपालिकालाई सम्मान गरिएको थियो । सुत्केरी संग सन्चो बिसन्चो कार्यक्रमबाट चर्चित बनेको पालिकाले कोरोना कहरमा समेत उल्लेख्य भूमिका खेलेको थियो ।

स्वास्थ्य क्षेत्रमा गरेको कामका आधारमा हाम्रो पालिका ८५ पालिका मध्ये दोस्रो स्थानमा आउदा खुसी लागेको बताउदै गाउँपालिका अध्यक्ष तोरण मल्ल ठकुरीले आगमी दिनमा स्वास्थ्यलाई प्राथमिकता राखेर बताउनुभयो ।

सम्मान पछि बोल्दै पैयु गाउँ पहिलोपटक स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश राजधानी बाहिर दुई चरणमा समिक्षा कार्यक्रम गर्न थालेको छ । प्रथम हुने मध्यनेपाल नगरपालिकालाई दोस्रो चरणको समिक्षा कार्यक्रममा सम्मान गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *