बागलुङ क्षेत्र नंं २ बाट एमालेका ६ जना उमेदवार सिफारिस


–आदर्श अनलाइन, बागलुङ

आगामी प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेका तर्फबाट बागलुङ क्षेत्र नं.२ बाट ६ जना सिफारिस भएका छन् ।

प्रतिनिधिसभा निर्वाचन समन्वय कमिटिको आइतवार सम्पन्न वैठकबाट प्रदेश कमिटि सदस्यहरु मञ्जु शर्मा चालिसे, प्रेम खरेल र मेहरसिंह पाइजा, ढोरपाटन नगरपालिका कमिटिका अध्यक्ष गणेश कुमार थापा, गण्डकी प्रदेश समन्वय कमिटिका सदस्य चेतनारायण पौडेल र बागलुङ–काठमाडौं सम्पर्क मञ्चका सदस्य झकप्रसाद शर्मा सिफारिस हुनु भएको हो ।

प्रतिनिधिसभा निर्वाचन समन्वय कमिटिका संयोजक तथा जिल्ला उपसचिव डम्मर श्रीसको अध्यक्षतामा बसेको वैठकले ६ जनालाई प्रतिनिधिसभा निर्वाचनका लागि उमेदवार सिफारिस गरेको जिल्ला सचिव विष्णु भुषालले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *