बागलुङमा चार महिने सिप मुलक तालिम शुरु

आदर्श अनलाइन, बागलुङ

धौलागिरी एकिकृत ग्रामिण विकास केन्द्र बागलुङको आयोजनामा बागलुङमा चार महिने सिप मुलक तालिमको शुरुवात गरिएको छ । चार महिने हाउस वाइरिङ, मेटल तथा टेलरिङ तालिमको जिल्ला समन्वय समितिका उपप्रमुख होमनाथ सापकोटाले शुभारम्भ गर्नुभएको थियो ।

शुभारम्भ पछि बोल्दै सापकोटाले सिप सिकेपछि आत्मनिर्भर हुँन सजिलो हुँने बताउदै विदेश नै जानु परेपनि सिप सिकेकाले राम्रो रोजगारी पाउने बताउनुभयो । उहाँले रोजी रोटीका लागि यस्ता व्यवहारिक सिपमुलक तालिम दिन आयश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा टेलरिङ तालिमका प्रशिक्षक पार्वती परियार, नेपाल पत्रकार महासंघ बागलुङका कोषाध्यक्ष खेमराज गौतम, धौलागिरी एकिकृत ग्रामिण विकास केन्द्र बागलुङका म्यानेजर शालिकराम शर्मा, धौलागिरी एकिकृत ग्रामिण विकास केन्द्र बागलुङका सदस्य तथा पूर्व जनप्रतिनिधि लक्ष्मी बास्कोटा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम धौलागिरी एकिकृत ग्रामिण विकास केन्द्र बागलुङका अध्यक्ष केबी रानाको अध्यक्षता, लेखा प्रमुख ज्ञान थापाको स्वागत तथा सचिव भुपाल चालिसेको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा विगतमा हाउस वाइरिङ तथा टेलरिङ तालिम पुरा गरेका ३० जना प्रशिक्षार्थीहरुलाई पि परिक्षण पासको प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *